• २०८१ बैशाख ४ मंगलबार

प्रदेश ७ को मन्त्रीपरिषद् द्वारा नीति तथा कार्यक्रम स्वीकृत

kharibot

धनगढी । प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले चालु आर्थिक वर्ष २०७४÷०७५का लागि प्रदेश सरकारका तर्फबाट पेश हुन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश सरकारको सार्वजनिक लिखत प्रमाणीकरण गर्ने कार्यविधिसम्बन्धी विधेयक तर्जुमा गर्न समेत सैद्धान्तिक स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए । 

बैठकले प्रदेशमा हालैको असिनापानी, खडेरी, चट्याङजस्ता प्राकृतिक प्रकोपबाट पीडितको विवरण संकलन गरी तिनलाई सक्दो सहयोग गर्ने निर्णय समेत गरेको छ ।

यस्तै खारेजीमा पर्न लागेका प्रदेशका सबै नौ जिल्लास्थित जिल्ला समन्वय समितिअन्तर्गतका जिल्ला प्राविधिक कार्यालयमार्फत प्रदेश सरकारका कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको अवस्थामा आउँदो असार मसान्तसम्म ती कार्यालय कायम राख्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै