प्रदेश ७ को मन्त्रीपरिषद् द्वारा नीति तथा कार्यक्रम स्वीकृत

खरीबोट

धनगढी । प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले चालु आर्थिक वर्ष २०७४÷०७५का लागि प्रदेश सरकारका तर्फबाट पेश हुन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश सरकारको सार्वजनिक लिखत प्रमाणीकरण गर्ने कार्यविधिसम्बन्धी विधेयक तर्जुमा गर्न समेत सैद्धान्तिक स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए । 

बैठकले प्रदेशमा हालैको असिनापानी, खडेरी, चट्याङजस्ता प्राकृतिक प्रकोपबाट पीडितको विवरण संकलन गरी तिनलाई सक्दो सहयोग गर्ने निर्णय समेत गरेको छ ।

यस्तै खारेजीमा पर्न लागेका प्रदेशका सबै नौ जिल्लास्थित जिल्ला समन्वय समितिअन्तर्गतका जिल्ला प्राविधिक कार्यालयमार्फत प्रदेश सरकारका कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको अवस्थामा आउँदो असार मसान्तसम्म ती कार्यालय कायम राख्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार

प्रदेश नं ७ को सरकारद्वारा एक अर्बको बजेट प्रस्तुत

धनगढी । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्ष २०७४÷७५ कोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको

प्रदेश नं ७ ले निकाल्यो श्वेतपत्र 

धनगढी । प्रदेश नं ७ को सरकारले भारत चीनसँग जोडिएका भन्सार नाकाको स्तरोन्नति गर्दै सहज एवं सरल रुपमा व्यापार व्यवसाय अभिवृद्धि गराउने उद्देश्यसहितको श्वेतपत्र जारी गरेको छ ।  आइतबार बसेको प्रदेशसभा

गौरीफन्टा नाका व्यवस्थित गर्न प्रदेश सांसदको माग

धनगढी । प्रदेश नं ७ को प्रदेशसभा बैठकको शून्य समयमा प्रदेशसभा सदस्यले गौरीफन्टा सीमा नाकालाई व्यवस्थित एवं स्तरोन्नति गराउने पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  अधिकांश सदस्यले प्रदेश नं ७

प्रदेशसभा बैठक : नियम निलम्वनसम्बन्धी प्रस्ताव पारित

धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको आजको दोस्रो बैठकले आर्थिक कार्यविधि ऐन पारित गर्नका लागि प्रस्तुत गरिएको नियम निलम्बन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।  उक्त प्रस्ताव दर्ता गराउनुभएका