• २०८१ बैशाख ७ शुक्रबार

एनआईसी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगरमा

kharibot

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चोक बजार, चितवनस्थित गीतानगर–चोकबजारमा स्थापना गरिएको छ । सोमबार एक समारोहका बीच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले विधिवत् रुपमा शाखाको उद्घाटन गरेका हुन् । 

उक्त कार्यक्रमका प्रमुख अतिथि रेनु दाहालले एनआईसी एशिया बैंक लि.ले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको जानकारी गराइन् ।

उक्त कार्यक्रममा सञ्चालक राजेन्द्र प्रसाद अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कुराको जानकारी गराए ।

बैंकको मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङ्ग सेवा सञ्चालनमा रहेको छ । बैंकको वासलातको आकार १ सय ५४ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०६ अर्ब र कुल निक्षेप करिब रू १३० अर्ब पुगिसकेको छ ।

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै