• २०८१ बैशाख ७ शुक्रबार

सिद्धार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

kharibot

काठमाडौं । सिद्घार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंक र उक्त इन्स्योरेन्सबीच एक विशेष कार्यक्रमका बीच सो सम्झौतापत्र हस्ताक्षर सम्पन्न भएको हो । 

सम्झौतापत्रमा सिद्घार्थ बैंकका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्याल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि सिद्घार्थ बैंकका ग्राहकले बैंकका कुनै पनि शाखाबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्नेछन् । यसबाट बैंकका गा्रहक लाभान्वित हुनुका साथै छिटो र सहज रुपमा बीमा सम्बन्धि सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

हालै बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा,  १०८ एटीएम र ६८७ पीओएस मेसिनमार्फत उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै