• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल र उपलब्धिमूलक : डा. महत

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले नेपालका कुनैपनि प्रधानमन्त्रीहरुको भारत भ्रमण अहिलेसम्म असफल नभएको समेत स्पष्ट पारे ।

उनले थपे, ‘अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन, उहाँको भ्रमणपनि सद्भावपूर्ण भ्रमण थियो, सफल भएको छ, दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ, भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निश्कर्ष छ ।’ प्रधानमन्त्रीको भारत भ्रमणलाई असफल भन्न नमिल्ने उनको जिकिर छ ।

डा. महतले भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमणपनि अहिलेसम्म असफल नभएको जिकिर गरे । उनले भने,‘प्रधानमन्त्री ओलीजीको भारत भ्रमण सफल भयो, तर ऐतिहाँसिक हुनुपर्ने केही कारण छैन ।’ नेपालको संविधान जारी गर्दा नेपाल–भारतबीच रहेको असमझदारीलाई स्वयम् भारतले पनि रियलाईजेशन गरेकोले भारत नेपालसँग सम्बन्ध सुधार गर्न ईच्छुक रहेको उनको भनाई थियो । 

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा बरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्तनगरमा विद्यावारिधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै राम्रो कुरा भएको उनको भनाई थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै