काठमाडौँ महानगरपालिकामा ८० प्रतिशत घर नक्सा विपरीत

खरीबोट

काठमाडौँ, नक्सा विपरीत हुने निर्माण न्यूनीकणका लागि काठमाडौँ महानगरपालिकाले २८ इन्जिनीयरलाई स्थलगत निरीक्षणका लागि खटाएको छ ।

धेरैमा पारित नक्साअनुसार भवन निर्माण नभएकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्नका लागि १८ जना वडाका र १० जना केन्द्रका इन्जिनीयर खटिएका छन् । कामपामा दैनिक १० देखि १५ सम्म आवासीय र व्यावसायिक भवन निर्माण हुने गरेका छन् । निर्माण भएका केही घर मात्र कामपाले पारित गरेका नक्सानुरुप भएका तर धेरै आवासीय भवन नक्सानुरुप नभएकाले इन्जिनीयरलाई नियमित रुपमा निर्माणस्थलम खटाउन थालिएको कामपाका इ राम थापाले बताए ।

यसअघि कामपाले घर निर्माण सम्पन्न गरेपछि मात्र उक्त स्थानको निरीक्षण गर्ने गरेको थियो । यसअघि निर्माण भइरहेका स्थानमा कोही व्यक्तिले उजुरी गरेमा मात्र कामपाले निगरानी राख्ने गरेको थियो । अब भने नियमित अनुगमन गर्ने र नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोकिने तथा अन्य कारबाहीको प्रक्रियासमेत अघि बढाइने छ ।

काठमाडौँ उपत्यकामा हाल ८० प्रतिशत घर नक्सा विपरीत रहेको अनुमान कामपाको छ । यसअघि बनाइएका घर नक्सा पासअनुसार नहुने, खाली ठाउँ नराखिने, कम तलामा नक्सा पास गरेर पछि तला थप्नेजस्ता मापदण्ड विपरीतका बढी छन् । 

सम्बन्धित समाचार

गत आर्थिक बर्षमा काठमाडौँ महानगरपालिकाको मनोरञ्जन कर शुन्य

 काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले गत आव २०७३-७४ मा मनोरञ्जन करको शीर्षकमा एक रुपैयाँ पनि असुल गर्न सकेन ।  गत आवमा रु आठ हजार असुल गर्न सके पनि गत आवमा भने रु एक

शंखपार्कमा शारिरीक सुगठन केन्द्र  खोलिने 

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको ४ नं  वडाको रहेको शंखपार्कमा आधुनिक सम्पन्न वालक ताथा जेष्ठ नागरिक लगायत सबै उमेर समुहका लागि  सुविधा सम्पन्न शारिरीक सुगठन केन्द्र खोल्ने महानगरपािलकाका प्रमुख विद्या सुन्दर

काठमाडौंमा पशुवधशालाको विकल्पको वैज्ञानिक विश्लेषण जरुरी - मेयर शाक्य 

काठमाडौं  । काठमाडौंबासीलाई स्वच्छ एवं गुणस्तरीय मासुजन्य खाद्यवस्तु उपलब्ध गराउन क्षेत्राधिकारको एकिन र सम्पनन कामको उपलब्धी नतिजा विश्लेषण गर्न जरुरी रहेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । आइतबार पशुपक्षी विकास मन्त्रालयका सचिव

आफ्नै कार्यकालमा रेल चढेर बिदाई हुने लक्ष्य छ : मेयर शाक्य

काठमाडौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा रेल चढेर विदाई हुने आफ्नो लक्ष्य रहेको बताएका छन् । मोनो रेलका लागि ललितपुर महानगरपालिकासँग कुराकानी भैसकेकोले छिट्टै रेल चलाउने जानकारी