• २०८१ बैशाख ७ शुक्रबार

क्रिस्टियानो रोनाल्डोले गरे अहिलेसम्म ६५० गोल, क्लबका लागि ५६९ र देशका लागि ८१

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय क्यारियरको ६५०औ गोल गरेका छन् । 

क्लब र आफ्नो देशका लागि गरि कुल ६५० गोल गरेका हुन् । रोनाल्डोले गएराती स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिडविरुद्ध गोल गर्दै आफ्नो ६५०औ गोल पुरा गरेका हुन् । 

रोनाल्डोले रियल म्याड्रिडमा सबै प्रतियोगितामा ४३१ खेल खेल्दै ४४६ गोल गरेका छन् । त्यस्तै उनले यसअघिको क्लब म्यानचेस्टर युनाइटेडमा सबै प्रतियोगितामा कुल २९२ खेल खेल्दै ११८ गोल गरेका छन् । पोर्चुगलको क्लब स्पोर्टिंगका लागि ३३ खेल खेल्दै ५ गोल गरेका छन् । यसरी रोनाल्डोले क्लब स्तरीय खेलमा अहिलेसम्म कुल ७५६ खेल खेल्दै ५६९ गोल गरेका छन् ।

त्यस्तै रोनाल्डोले पोर्चुगलका लागि अहिलेसम्म १४९ खेल खेल्दै ८१ गोल गरेका छन् जुन पोर्चुगलका लागि अहिलेसम्म धेरै गोल हो ।

यसरी रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय फुटबल क्यरिअरमा अहिलेसम्म ९०५ खेल खेल्दै कुल ६५० गोल गरेका छन् ।

रोनाल्डोले यस सिजनमा रियल म्यदरी का लागि ४० गोल गरेका छन् भने ला लिगामा २३ गोल गरेका छन् । त्यस्तै पछिल्लो १३ खेलमा रोनाल्डोले २४ गोल गरेका छन् ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै