• २०८१ बैशाख १४ शुक्रबार

आइपिएलमा विराट कोहलीको टिमलाई हराउदै कोलकोता नाइटराइडर्सको विजयी सुरुवात 

kharibot

काठमाडौँ । यस सिजनको आइपिएलमा चेन्नई र पन्जावपछि कोलकोता नाइटराइडर्सले पनि विजयी सुरुवात गरेको छ । 

गएराती भएको खेलमा कोलकोताले विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै सिजनको विजयी सुरुवात गरेको छ ।

रोयलले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकोताले १८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा सुनिल नारनले उत्कृष्ट ब्याटिंग गर्दै १९ बलमा ५० रन बनाएर आउट भएका थिए । सुनिलले आफ्नो पारीमा ५ छक्का र ४ चौका हानेका थिए ।

त्यस्तै कोलकोताका लागि कप्तान दिनेश कार्तिकले नटआउट ३५ रन बनाए भने नितिश रानाले ३४ रनको योगदान दिए । त्यस्तै आन्द्रे रसेलले १५ र रोबिन उठाप्पाले १३ रन जोडेका थिए ।

रोयलका बलर क्रिस वोक्सले ३ विकेट लिए भने उमेश यादवले २ र वाशिंगटन सुन्दरले एक विकेट लिएका  थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्न आएको रोयल च्यालेन्जर्सले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको थियो । रोयलका लागि एबी डिविलीयार ले सर्वाधिक ४४ रन बनाएका थिए । ब्रेनडम म्याकुलमले ४३, मनदीप सिंहले ३७ र कप्तान विराट कोहलीले ३१ रनको पारी खेलेका थिए ।

कोलकोताका बलर नितिश राना र विनय कुमारले २-२ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच सुनिल नारन बनेका थिए ।

आइपिएल अन्तर्गत आज एउटा मात्र खेल हुने छ । नेपाली समय अनुसार राति सवा ८ बजे सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै