• २०८१ बैशाख १३ बिहीबार

प्रधानमन्त्री ओली ३ दिने भारत भ्रमणबाट स्वदेश फिर्ता

kharibot

काठमाडौं । भारतको तीन दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ स्वदेश फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत २३ गते भारत गएका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा भारतको राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न नेताहरुसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए ।

विमानस्थलमा आर्लीपछि ओलीले भने नेपाल—भारतको सम्बन्ध सुमधुर भएको र कसैले विगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ । अब कसैले विर्गाछ भने त के लाग्छ र । तर, हामी बिगार्दैनौं, सकारात्मक ढंगले अघि बढ्छौं ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै