• २०८१ बैशाख ८ शनिबार

कानून पढ्न कोटा निर्धारण, ४० दिनदेखि लागेको ताला खुल्यो

kharibot

फाइल तस्बिर

काठमाडौँ । लामो समयदेखि त्रिवि कानून संकाय डिन कार्यालयमा लगाएको ताला आज खुलेको छ । 

विद्यार्थी र डिन कार्यालयबीच आज सहमति भएपछि करीब ४० दिनदेखि लगाइएको तालाबन्दी खुलेको नेपाल ल क्याम्पसका प्रमुख दीनानाथ पराजुलीले जानकारी दिए ।

डिन कार्यालयले कानून संकायको स्नातक प्रथम वर्षमा पाँचजनाको कोटा प्रणाली लागू गरेपछि त्यसविरुद्ध अनेरास्ववियु ल क्याम्पसका कमिटीले फागुन १४ गतेदेखि तालाबन्दी गरेको थियो । 

क्याम्पस प्रमुख पराजुलीले ताला खुलेपछि चाँडै नै स्नातक तहको भर्ना प्रक्रिया शुरु गरिने जानकारी गराए । 

सहमतिअनुसार स्नातक प्रथम वर्षमा भर्नाका लागि ६०० जनाको कोटा छुट्याइएको क्याम्पसका निवर्तमान स्ववियु सभापति गुणराज आचार्यले जानकारी दिए । 

क्याम्पस प्रमुख पराजुलीले कोटा निश्चित भएपछि प्रवेश परीक्षाबाट विद्यार्थी भर्ना गरिने बताएका छन् । ‘तालाबन्दी खुलेपछि अब भर्नाका लागि फाराम वितरण गर्ने छौँ,’ उनले भने, ‘प्रवेश परीक्षामा उत्तीर्ण गरेपछि मात्र कोटाअनुसार विद्यार्थी भर्ना गर्नेछौँ ।’

कानून विषय पढ्न विद्यार्थीको आकर्षण भएपछि यस पटकदेखि कोटा प्रणाली शुरु गरिएको हो । यसअघि चार हजार २३८ विद्यार्थी स्नातक तहमा भर्ना भएका थिए । 

क्याम्पस प्रमुख पराजुलीले क्याम्पसको क्षमताअनुसार ६०० जना पढ्नका लागि कोटा छुट्याइएको बताएका छन् । 

ताला लगाउँदा स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजासमेत प्रकाशन हुन पाएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै