• २०८१ बैशाख ४ मंगलबार

तरुण दलको प्रदेस स्तरीय प्रशिक्षण कार्यक्रम झापाबाट सुरु  

kharibot

झापा । नेपाल तरुण दलको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आज झापाको बिर्तामोडबाट सुरु भएको छ । 

निर्वाचनपछि पार्टीले खासै गतिविधि गर्न नसकिरहेको बेला र अरु भातृसस्थाहरु पनि परिचालन हुननसकेको समयमा नेपाल तरुण दल एकताबद्ध बनेर देसब्यापी प्रशिक्षणमा जुटेको छ ।

आज एक विशेष समारोहको बीच प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिटौलाले तरुण दलले अब संगठन निर्माणमा सक्रिय भएर लाग्नुपर्ने बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजाल, महेन्द्र यादब, सुरेन्द्र पाण्डे, मीन बिस्वकर्मा, केसब बुढाथोकी, गुरुराज घिमिरे, सरिता प्रसाईं, लक्ष्मि परियार लगायतले आआफ्नो विचार राखेका थिए ।

साथै तरुणदलका पुर्वअध्यक्ष उदय सम्सेर राणा, झापा पार्टी सभापति उद्दब थापा,  जन्मजय तिमिल्सिना, दिपक खड्का, उत्तम चापागाईं र बिद्धान गुरुङसहितले  कार्यक्रममा आआफ्नो मन्तव्य राखेका थिए ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले चैत्र २५ गते झापादेखि बैशाख १६ गते डडेल्धुरासम्म तरुण दलले सातै प्रदेसमा गर्न लागेको "प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमले तरुण दल र नेपाली कांग्रेसलाई नया उर्जा र शक्ति प्रदान गर्ने बताए । 

महासचिव शाहीले तरुण दल अब संगठन निर्माणमा ससक्त ढङ्गले अगाडि बढ्न लागेको जानकारी गराएका छन । भर्खरै मात्र २०७४ फागुन २२/२३ र २४ गते नगरकोटमा जिल्ला अध्यक्षहरुको एतिहासिक राष्ट्रिय भेला सफलता पुर्बक सम्पन्न गरेको तरुण दलले  "सम्पुर्ण तरुण प्रशिक्षित- सम्पुर्ण युबा संगठित" अभियान अन्तर्गत देशभर प्रशिक्षण अभियान संचालन गर्ने भएको छ। 

नेपाल तरुण दल केन्द्रिय समितिको आयोजना र जिल्ला समितिको सम्योजनमा "प्रदेश स्तरीय प्रशिक्षण" कार्यक्रम सातै प्रदेशमा हुने भयको छ। प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति र केन्द्रिय पार्सद सहभागी हुनेछन।

प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति र केन्द्रिय पार्सद सहभागी हुनलागेको तरुण दलका महासचिव महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिएका छन् ।

शाहीका अनुसार प्रदेस १ मा झापामा चैत्र २५  र २६ गते, त्यस्तै प्रदेस २ मा पर्सामा चैत्र २९ र ३० गते, प्रदेश ३ मा हेटौडामा बैशाख ३ र ४ गते, प्रदेश ४ मा पर्वतमा बैशाख ६ र ७ गते, त्यस्तै प्रदेश ५ मा रुपन्देहीमा बैशाख ९ र १० गते, प्रदेश ६ मा सुर्खेतमा बैशाख ३० र ३१ गते त्यस्तै प्रदेश ७ मा डडेल्धुरामा बैशाख १२ र १३ गते प्रशिक्षण हुने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै