• २०८१ बैशाख १३ बिहीबार

नेविसंघले गर्यो विधार्थी नेता पक्राउको विरोध, तत्काल रिहा नगरे आन्दोलनमा उत्रिने चेतावनी

kharibot

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतस्थित नेविसंघका नेता विवेक आचार्यको प्रक्राउको विरोधमा विद्यार्थीहरुले आन्दोलनको चेतावनी दिएका छन् ।
सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भित्रको शैक्षिक तथा प्रशासनिक सुधारको माग गर्दै आन्दोलनमा रहेका विद्यार्थी नेतालाई हिरासतमा लिएको प्रति नेविसंघले विरोध जनाएको छ । 
नेविसंघका प्रवक्ता प्रेम जोशीले एक विज्ञप्ति निकाल्दै विश्कविद्यालय सुधारको अभियानका क्रममा लागेका विद्यार्थीहरुमाथी पुर्वाग्रह साध्नेगरी प्रदेश सरकारले आम अधिकार कुण्ठित गर्ने र विश्वविद्यालयमाथीको हस्तक्षेप निन्दनीय रहेको उल्लेख गरेका छन् ।
त्यस्तै विज्ञप्तिमा नेविसंघका नेताहरु माथी झुटा मुद्दा लगाउन खोज्नु राजनीतिक प्रतिशोधको पराकाष्ठा बह्येको उल्लेख गरिएको छ ।
नेविसंघले हिरासतमा लिइएका आफ्ना नेतालाई तत्काल निस् शर्त रिहाईको माग गर्दै नगरिए देशभर कडा आन्दोलन थाल्ने उल्लेख गरेका छन् ।
साथै मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्ववियुले पनि घटनाको विरोध गर्दै पक्राउ परेका आचार्यको तत्काल रिहाइको माग गरेको छ ।
स्ववियुले आचार्यलाई तत्काल रिहा गर्न दबाब दिन आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । स्ववियु सभापति झक्क बहादुर शाहीले एक विज्ञप्ति जारी गर्दै धर्ना दिनेदेखि पठन पाठन ठप्प पार्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै