• २०८१ बैशाख १३ बिहीबार

संकटालाई हराउदै रुस्लान थ्रीस्टार विराट गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने 

kharibot

विराटनगर । विराटनगरमा जारी वीरत गोल्डकपको फाइनलको समीकरण पुरा भएको छ । गएराती भएको दोस्रो सेमिफाइनलमा संकटा क्लबलाई ४-० ले पराजित गर्दै रुस्लान थ्री–स्टार प्रतियोगित को फाइनलमा पुगेको छ ।

थ्री–स्टारले अब सोमबार हुने फाइनल खेलमा विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लबसँग भिडन्त गर्ने छ । 

थ्री स्टारको जितकालागि विमल अफ्रिन खेलाडि मार्टीनले २ गोल तथा घर्तीमगर र बुद्ध चेम्जोङले १–१ गोल गरेका थिए ।

थ्रीस्टारले खेलको ४३औ मिनेटमा मार्टीनको गोलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ५५औ मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर पारेका थिए । मार्टिनले खेलको ७६औ मिनेटमा आफ्नी व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई ३–० को अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि बिमल घर्तीमगरले गोल गरे र थ्रीस्टारले खेल ४-० ले जित्यो ।

खेलको म्यान अफ दी म्याच थ्रीस्टारका विमल घर्तीमगर भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । 

यो जीतसँगै थ्री–स्टारले संकटासँग माघमा हेटौडामा सम्पन्न भएको सुमन बम्जन गोल्ड कपको क्वाटरफाइनलमा १–० गोल अन्तरले पराजित भएको बदला समेत विराट गोल्ड कपमा आएर बदला लिएको छ ।

यस सिजनमा १० प्रतियोगितामा सहभागी भएको थ्री स्टारले यो सँगै ८ प्रतियोगितामा फाइनल प्रवेश गरेको छ भने चारवटा प्रतियोगिताको उपाधि हात पारिसकेको छ ।

यसअघि भएको बुटलवलमा सम्पन्न मदन भण्डारी गोल्डकपको उपाधि जितेको थ्रीस्टारले जारी सजिनका तिलोतम गोल्डकप,  इटहरीमा भएको मदन भण्डारी गोल्डकप र बुढासुब्बा गोल्डपको उपाधि जितिसकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै