• २०८१ बैशाख ७ शुक्रबार

रुखबाट खसेर वडा सदस्यको मृत्यु

kharibot

बाजुरा ।  बाजुराको बडीमालिका नगरपालिका–३ का वडा सदस्यको रुखबाट लडेर आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही वडाका दलित वडा सदस्य ३५ वर्षीय टेकबहादुर चदारा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

बिहान घरबाट भैंसीलाई डालेघाँस काट्न जेब्रे भिरमा गएका बेला उहाँको रुखबाट खसेर मृत्यु भएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै