• २०८१ बैशाख ७ शुक्रबार

कोलकातामा भानुभक्तको शालिक निर्माण हुने

kharibot

२०४ अाैं भानुजयन्ती नेपाली जनकल्याण समिति, कोलकाता, भारतले विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ । कोलकातामा रहेको नेपाली समुदायले नेपाली भाषा र जातीय एकताका प्रतीक भानुभक्त आचार्यको जन्मजयन्ती १७ वर्षदेखि मनाउँदै आएको छ ।

सो अवसरमा नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले नेपाली भाषा, साहित्य, संस्कृति, कलाको संरक्षणमा आफू र नेपाल सरकारबाट पूर्ण सहयोग रहने आश्वासन दिए । भारत, पश्चिम बंगालका सहकारीमन्त्री अरुप रायले भानु-रवि (भानुभक्त आचार्य-रवीन्द्रनाथ) ठाकुर काव्य उद्यान निर्माणका लागि सरकारबाट जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

भानु जयन्ती विशेष समारोहमा समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले कोलकातामा रहेका नेपालीले नेपाली भाषा र साहित्यका लागि धेरै काम गरेको बताए । सो अवसरमा जनकल्याण समिति कोलकाताले भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरे, सार्क कल्चरल सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र गुरागाईं एवम् बराललाई सम्मान गरेको छ ।

सो अवसरमा कोलकातामा रहेका नेपालका नृत्य नृत्यनिर्देशक दिलीप थापा र रवीन दासको निर्देशनमा सांस्कृतिक कार्यक्रम र नाटक प्रस्तुत गरिएको थियो । गत असार २९ गते नेपालमा आयोजित भानुजयन्तीमा कोलकाताबाट सहभागी हुनुभएका जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापा तथा महासचिव रामबहादुर कार्कीले भानुजयन्तीबाट नेपाल र भारतमा रहेका नेपालीबीच राम्रो सम्बन्ध कायम भएको बताए ।

सम्मानित घिमिरेले पश्चिम बंगाल सरकारले भानुभक्तको शालिक निर्माण गर्न सहयोग पु¥याउन गरेको प्रतिबद्धताप्रति आभार व्यक्त गरे । सो अवसरमा जनकल्याण समितिको प्रकाशन तथा नरविक्रम थापा सम्पादक रहेको ‘बिहानी’ पत्रिकाको अठारौँ अङ्क र नेपाली साहित्य, धर्म, संस्कृतिबारे जानकारी भएको वार्षिक नेपाली पात्रोसमेत विमोचन गरिएको थियो ।

पत्रिकामा नेपाल र भारतका विभिन्न विधाका ख्यातिप्राप्त स्रष्टाका लेखरचना समाविष्ट छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै