• २०८१ बैशाख ७ शुक्रबार

विवादका बीच कांग्रेसबाट मन्त्री बन्नेको सुची टुंगियो, बलबहादुर केसीको चर्चा मात्रै

kharibot

काठमाडौँ, मन्त्री छान्न सकसमा परेको कांग्रेस नेतृत्वले अन्तत: मन्त्री बन्नेहरुको सुची टुंग्याएको छ ।

कांग्रेसले १३ वटा मन्त्रालय पाउने सहमति अनुसार कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर मन्त्री बनिसकेका छन् ।

कांग्रेस स्रोतका अनुसार देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने भएका छन् । भने पौडेल समूहले यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी र रामकृष्ण यादवको नाम बुझाएको हो ।

पौडेल समुहबाट यसअघि चर्चामा रहेका बलबहादुर केसी नाम परेको छैन । त्यस्तै पौडेल समुहबाट मन्त्री हुने भनिएका कमला पन्त र सरिता प्रसाईं दुवैको नाम परेन । यस्तै सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेत मन्त्री बन्ने पक्का भएको बताइएको छ ।

तीन जना मन्त्री भइसकेकाले बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एक-एक जना मन्त्री बन्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै