• २०८१ बैशाख ७ शुक्रबार

गुराँस (कविता)

kharibot

प्रकाश भट्ट

स्मृतिमा ताजै छ
घर पछाडीको बन

छानि छानि चढ्ने मिल्ने डालिहरु
कोईलि र न्याउलिका सुरिला आवाज
तर यो सहरमा जैले खड्किरह्यो
मेरो बचपनाको अभाब
भेटिएन मेरो गाउँ 
भेटिय केवल गगनचुम्बि महल
 शून्य आत्मियता र
पथ्थर मनहरु ।

रत मनमै फूलाय लालिगुरास 
डुल्दै पुकि सकेछु फूलको सहर 
चराहरुको राजधानी 
जंगलको माहासागर 
जहाँ थियन कुनै कृतिम आवज 
थियत केवोल  चाराका आफै भलाकुसारी
आफ्नै धुन र रागहरु 
आफ्नै भाषा 
म हरायछु तिन्कै संसारमा
हेरिरहे यी नयनले तिनै गुरास
चाराहरुकै  नाच 
सुनी रहे सुमधुर सुमधुर भाकाहरु ।।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै