[कथा] कुरकुरे – भाग २

खरीबोट

.......................सबै अकमक्क परे । तिस रुपैंयामा पाइने कुरकुरेको पछाडी बैंस जोडिएको नयाँ जिनिस के थियो धेरैलाई थाहा भएन । कुरकुरे खानु को मजा र खाइ सके पछि औंला चाट्नुको मजा त घरबाट भुटेको भात वा चिउरा टिफिन बोकेर आउनेहरु बाहेक धेरैलाई थाहा थियो । बरु कतिलाई बैंस थाहा थियो कुरकुरेको स्वाद जतिकै तर कुरकुरे बैंसको अर्थ थाहा थिएन । कोही अक्मकिए, कोही लजाए । अर्थ बताउने पालो शिक्षककै आयो । 

”ल सून” शिक्षकले सप्रसङ्ग व्याख्या शुरु गरे “कुरकुरे बैंश हाम्रो जीवनको यस्तो एउटा कालखण्ड हो जुन पुरै पागलपनाले भरिएको हुन्छ । कहिले हाँस्न मन लाग्छ, कहिले रुन मन लाग्छ । कारण नै चाहिँदैन । यस्तो उमेरमा कुकुरको पुच्छर बाँङ्गो देख्दा पनि किन बाङ्गो भयो भनेर हाँस्न मन लाग्छ । अघिल्लो दिन बाँङ्गो देखेको पुच्छर भोली पल्ट सोझो देख्यो भने झन् बढी हाँस्न मन लाग्छ । कहिले काँही आफ्नै छिमेकी मर्दा पनि रुन मन लाग्दैन कहिले काँही बाटोमा गड्यौला मरेको देखेर पनि रुन मन लाग्छ । हाँस्न, रुने, रीस उठ्ने, माया लाग्ने जस्ता इमोसनहरु एकदमै छिटो पैदा हुन्छ । केटालाई केटी मन पर्ने, केटीलाई केटा मन पर्ने, बाउ आमा मन नपर्ने आदि अक्षणहरु देखा परे भने बुझे भो कुरकुरे बैंशले छोयो ।” 

विद्यार्थीहरु मुखामुख गर्न थाले । शिक्षक भट्याउँदै गए–

“भुराभुरी हो यो एक प्रकारको रोग हो । त्यसैले यसलाई व्यवस्थापन गर्न जान्नु पर्छ । यी यो गौरी जस्तो बेला न कुबेला हाँस्ने, इत्तरिने गर्न थाल्यो भने बेलैमा ढाडे बिरालाले शिकार खेल्ला याद गर ।”

यति भनेर शिक्षक निस्किए । त्यो दिनबाट सबैको मुखमा झुन्डियो कुरकुरे । जो हाँसे पनि कुरकुरेले छोयो भन्दै जिस्क्याउन थाले उनिहरु । 

त्यो दिनको साँझ पनि गौरी उषाकोमा आइ । त्यसपछि उहि चोकको गन्तव्य चोकमा पानीपुरीवाला त छँदै थियो  साथसाथै उषा र गौरीहरुलाई नियाल्ने दिन दिनै थपिदै गरेका कयौंै जोडी आँखाहरु पनि थिए । 

”गौरी आजकाल किन यी केटाहरु हाम्लाई खाउँला जस्तो गरेर हेर्छन ?” आपूmलाई हेर्दै गरेका चोर आँखाहरु देखेर उषाले गौरीलाई कारण सोधेकी थिई । 
”तरुनी केटी अगाडि हुँदा हुँदै उसलाई नहेरेर पानी पुरीवालालाई हेरुन् त !” 

गौरीले उषालाई अलि पर तानेर भनी–“ यस्तै निप्पल देखिने टिसर्ट लगाएर आइजो अनि र्हेछन् मात्रै ।”“हँ ?” उषा झस्याङ भई । 
“अब देखी भित्र बाक्लोवाला लगाउने गर ।”

उषालाई के गरौं कसो गरौं उकुसमुकुस भयो । अनौठो अनुभूती गरी उसले । उसलाई त्यहाँ उभिने आँटै हराएर गयो । गौरिलाई तानेर पर डीलमा लिएर गई जहाँ अरु कोही थिएनन् । गोधूली साँझको चिसो हावाले दुवैलाई छोएर गयो । गौरीले आफ्ना दुवै हात फैलाई । उषाले पनि त्यस्तै गरी । दुवैको शरीरको गन्ध लिएर बतास तिनै चोर आँखाहरु भए तर्फ गयो । 

“तँ किन क्लासमा त्यसरी हाँसेकी आज ?” 
उषाको प्रश्न सुनेर गौरी ठुस्कि–“तेरै कारण त होनी ।”
“म बोलेको त थिइन ।”
“अस्तीको कुरा सम्झेर ।”
“के अस्तीको कुरा नी ?”
“तैंले आगोले पोलेको हो ? भनेर सोधेकी थिइस् नी त ।”
“ए । नभए के भा त ? अनि किन हाँस्नु प¥यो त ?”
गौरीले उषालाई आफु तिर तानी अनि कानैमा आएर भनी “लभ बाइट हो के आयुषको त्यसकोमा पनि छ ।”
“छ्या तँ त कस्ती छाडा भइस् ।” उषा ठुस्स परी । 
“तँ पनि हुन्छेस अब ।” गौरी इत्तरिइ ।
“म तँ जस्तो केटी हो र ?”
“हैन । तर तँलाई नी कुरकुरेले छोइ सक्यो अब ।”
“कसरी नी ।”
“घरमा रीस मात्रै उठ्छ भनेको हैन ? अब विस्तारै घर तिर रीस बनतिर माया ।”
गौरी खित्खिताई । ऊ सँगै उसको मन भित्रको उन्माद खित्खितायो त्यो साँझ । शिकारी आँखाहरुले कत्तिको याद गरे कुन्नी !

कस्तो छुट्टै उकुसमुकुसले भरीएकी थिई उषा । त्यसअघि उसले आफुलाई कहिल्यै त्यसरी नियालेकी थिइन । अगाडी ऐनामा उभिएको आफ्नै शरीर उसलाई आफ्नो हैन जस्तो लाग्यो । उसले तुरुन्तै तिसर्ट फुकाली र कुर्ता लगाई । ऐनाले उसलाई झनै राम्री देखायो । त्यो पनि फुकाली । र्हेन त चाहेकी हैन तर ऐनाले उसैलाई देखायो । 

गौरीका राता डोबहरु सम्झिएर उषा सिरक भित्रै हाँसी । कस्ती छडुल्ली गौरी ! ऊ त्यसै त्यसै कुत्कुतिइ । 

सिरानीमा म्यासेजको टोन बज्यो । उसलाई लाग्यो फेरी क्षितिजले म्यासेज ग¥यो भनेर । उसले सिरानीको मोबाइल सिरानी मै हुन दिई । हो, त्यो दिन पहिलो चोटी उसलाई क्षितिज सम्झँदा रीस उठेन । नत्र त उसलाई कक्षा आठ देखी सँगैंको साथी काले, ख्याउट, लुकिलुकि चस्माबाट चियाउने क्षितिज कहिल्यै मन परेको होइन । हुन त उसलाई कुनै केटा पनि मन पर्ने हैन आयुष र प्रितम त छिमेकी भएर मात्रै उसका साथी बन्न सफल थिए । 

“कस्तो सोझो केटा ।” कता कता उषाको मनमा क्षितिज प्रति प्रेमभाव पैदा भएको थियो । उसलाई क्षितिजको म्यासेज रिप्लाई गर्न मन लाग्यो पहिलोपटक । सिरानी मुनिबाट उषाले फोन निकालेर हेरी । म्यासेज गौरीको थियो –

“ओ माइ गड ! धन्न आज मिन्स भयो ।” गौरीले गडलाई धन्यवाद दिएकी थिई ।
“के भन्छे यो ? पहिलो चोटी भा हो र ?” उषाले रिप्लाइ गरी । 

“ढिला भा थ्यो के ।” म्यासेज सगैं गौरीले ङिच्च हाँसेका स्माइली पठाइ । कस्ती केटी मिन्स हँुदा पनि दङ्ग पर्छे  उषा अचम्म मै थिई । फेरी म्यासेज आयो –
“सुन त मेरो त यो चोटी पेट पनि दुखेन ।” 

गौरीले म्यासेज सँगैं फेरी स्माइली पठाएकी थिई खुसीले उफ्रिएको । उषाले उफ्रनु पर्ने खुशि नै देखिन । सामानय जवाफ पठाए –“ए, राम्रो ।” 
एकछिन पछि फेरी म्यासेज बज्यो –“उषे अनलाइन आइजो न ।”

उषाले जवाफ लेखि–“ नाइ म सुति सकें । मेरो मोबाइलमा नेट चल्दैन ।”
“ल ल मर । ओइ सुन् त मैले तल्लो पेट नदुख्ने औषधी थाहा पाएँ नी !” गौरीको म्यासेजमा लस्करै पाँच ओटा स्माइलीहरु प्नि हाँस्दै आए । उषाले लेखि– “हो र के रैछ ? मेरो लागि पनि ल्याइदे न ।”
उताबाट जवाफ आयो– “लभ”
यताबाट आश्चर्य गयो –“ ???”

लभ पनि कतै पेट नदुख्ने औषधी हुन्छ ? फेरी कस्तो लभ ? उसका शरिरका राता डोबहरुलाई पो उसले लभ भनेकी हो की !!! आफ्नी साथीको पागलपन देखेर उषालाई हाँस्नु न रुनु भयो । 

उषा फोन राखेर सुत्ने तरखरमा थिई फेरी म्यासेज बज्यो । “यो गौरी पनि अति भै ।” उसले स्वीच अफ गर्ने मनसायले मोबाइल निकाली ।  “सरी ।” यो पटकको म्यासेज क्षितिजको थियो । 
“किन नी ?” उषाले पहिलो चोटि जवाफ लेखि । 
“मैले बिना काम तिमिलाई म्यासेज लेखि रहें । तिम्रा जवाफ नआउँदा पनि । आइ थिङ्क आइ डिष्र्टब यू सो .....।”
उषालाई जवाफ लेख्नै आएन । के लेखौं, के लेखौं सोची रही र अन्त्यमा लेखी – 
“इट्स ओके बट आइ डन्ट लाइक यू।”

लेखी सके पछि उसलाई कस्तो कस्तो लाग्यो । मोबाइलबाटै म्यासेज डिलिट गरी तर म्यासेज उता पुगि सकेको थियो । 

धेरै बेर रिप्लाई आएन । आओस् पनि कसरी म्यासेज मिसाइल बनेर खसेको थियो क्षितिजको हृदयमा । 
“थ्याङ्क यू ।” करिब पन्ध्र मिनेट पछि फिस्स मुस्कान सहितको स्माइलीले म्यासेज सगैं लिएर आयो । म्यासेज पढेर उषाको मनै भारी भो ।

थाहा थिएन, कतै मनमा प्रेम त जाग्दै थिएन ? कक्षामा सधैं चियाएर हेर्ने क्षितिज एकोहोरो ह्वाइट बोर्ड तिर फर्किएको उषाले पटक पटक हेरी । चस्मा मुनिका उसका आँखाहरु त रुदैं थिएनन् तर दिलमा के थियो, उषालाई लागेकै जस्तो भए उसको मन बेस्सरी रुदैं थियो । 

टिफिन टाइममा उषाले गौरीलाई हिजोको कुरा सुनाइ । गौरी ठुस्कँदै भनी–“धेरै भाउ नखा । फष्ट व्वाइ हो , अरुले उछिट्याउलान ।”
उषालाई हेर्दै गौरीले थपी– “तँलाई कसैले, आफुलाई मन परेको मान्छेले आइ डन्ट लाइक यू भन्यो भने कस्तो होला बिचार गरी हेर त ।”

तत्काललाई कुरा त्यतिकै सकियो तर उषाको मनमा गौरीको भनाइ अङ्कि रह्यो । त्यो साँझ उसले क्षितिजलाई ‘सरी’ भन्न खोजेकी पनि हो । तर अपशोच त्यै दिन चाहिँ

मोबाइलमा म्यासेज जाने व्यालेन्स पनि रहेनछ । उषालाई लाग्यो के लेख्ने भन्दा भन्दै आइ डन्ट लाइक यू’ लेख्नु, सरी भन्न खोज्द खोज्दै व्यालेन्स सकिनु यी सबै अशुभ लक्षण थिए  । 

अर्को दिन उसले कक्षामै सरी भन्ने बिचार गरेकी थिई तर त्यो दिनबाट लगातार एक हप्ता क्षितिज स्कुल नै आएन । भन्छन् नी जति टाढा उति माया गाढा, क्षितिजलाई स्कुलमा नदेख्दा उषाको मनमा अनौठो अत्यास सूरु भयो । ‘इन्टे«ष्टेड इन मेन’ कै मार्गमा थिई उषा ।

आज आउला भोली आउला, भन्दैमा दश दिन बिते क्षितिज आएन । गौरीको सल्लाह बमोजिम उषाले क्षितिजलाई फोन पनि गरी तर फोन पटक पटक अफ थियो । धेरै दिन बिना सम्पर्क मै बित्यो । 

एक दिन अचानक क्षितिज उषाको घर नजिकै बाटोमा देखियो । ऊ पहिला भन्दा पनि दुब्लो देखिन्थ्यो । एक सुरले हिडिरहेको उसलाई उषाले बोलाई । उसले पुलुक्क हे¥यो तर नदेखे झंै फनक्क फर्कियो । उषा हेरी रहि, अलि पर पूगेर उसले चस्मा फूकाल्यो र आँखा पुछ्यो । उषा पनि घर गई र आँसु खसाई ।

त्यो साँझ पनि उषाले फोन ट्राइ गरी फोन लाग्यो । फोनको घण्टीले ऊ आफै झस्कि । उसले तुरुन्तै फोन काटीदिइ । क्षितिजले गर्छ की भन्ने उसलाई आश लाग्यो । ऊ हजारौं सरी भन्नेवाला थिई । कुरी रही फोन आएन । आफु फोन गरेर कुरा गर्ने आँट पनि आएन । बरु क्षितिजका हरेक क्रियाकलाप उसका आँखामा आए । मोबाइलको इनबस्कबाट डिलिट भएका उसका म्यासेजका प्रत्येक शब्दहरु उसका मष्तिष्क भरिन आइ पुगे । उसले म्यासेज लेख्ने अठोट गरी । के लेखौं के लेखौं दोधार मै उसले लेखी – “आइ लभ यू टु ।”
भन्न त क्षितिजले कहिल्यै उसलाई ‘आइ लभ यू’ भनेकै थिएन । उषाले आँखैबाट बुझि उसको माया । क्षितिजले भन्दै नभनी सूनि उसले । 

आखिर बैंश आयो । त्यो पनि कुरकुरे । आमालाई लाग्थ्यो खुट्टा भूइँ मै छ्रैनन् उषाका । ऊ त्यसै त्यसै आकाशिएकी छे । बोली साध्ये छैन बाउ छोरीको चियो गर्न आमालाई अराउछन् । बिचरी आमा के पो चियो गरुन् । मिन्स खुलेकी छोरी बाथरुममा अलिक बेर थुनिएर वाक्क वाक्क मात्रै गर्दा पनि आमाको सात्तो जान्छ । 

उषा फोनमा धेरै झुन्डिन थालेकी थिई । आमाले चियो गरिन् । एकदिन रातको एघार बजेर अठार मिनेट जाँदा उषाको ढोकामा ढ्वाङ–ढ्वाङ आवाज आयो । क्षितिजको फोन काटेर उषाले ढोका खोली । बा–आमा दुवैलाई ढोकामा देखेर उषा छक्क परी –“ “छोरी तेरो मोबाइल आमालाई दे त ।”

बाउको आदेश शिरोपर गर्दै उषाले आमाको हातमा मोबाइल थमाइ ।

“आम्मामामामामा.........” आगोको फिलिङ्गो हातमा खसेकै जस्तो मूखाकृति बनाउँदै आमाले भनिन् – “यहाँ छामिस्यो त कस्तो तातेको मोबाइल ।”

सिरकको पाल टाँगेर ब्यालेनस क्रसको साइरन टुइँ–टुइँ नबजुञ्जेल प्रियतमसँग नखुस्खुसाउनेलाई न त फोन तातेको थाहा हुन्छ न त तन तातेको थाहा हुन्छ । तेह्र कटेर चौध टेक्दैमा दिदि भागिदिनाले परिवारको लाज जोगाउन तत्कालै बेहुली बनेकी आमालाई के थाहा तातेको फोन र चर्केको घाम !

    मोबाइल लिएर बाले म्यासेज बक्स खोले धन्न उसले सबै म्यासेज डिलिट गर्न भ्याएकी थिई । उसले बालाई हेरी । बाले उसलाई हेरे । दुवैले आँखा तरे ।
    “हिजो पनि आधारात सम्म फोनमा चाप्प र चुप्प सुनेँ । आज पनि सुत्ने छाँटकाँट देखिन । बाउआमाले चियो गरे नभन्ठान् । को हो त्यो केटा भन् त्यसैसँग दुइचार गेडा राता अक्षता टाँसिदिन्छु । नत्र भनेको मान् ।”
    उषाका ओठ के बोलौँ–कसो बोलौँ भएर फर्फराए । ऊ सनक्कै सन्किई – “बोल्न नि नहुने ? म तिम्री स्वास्नी जस्तो हुँ र तेह्र वर्षमा बिहे गर्ने ?” 

अब ओठ फर्फराउने पालो बा को थियो । फर्फराएन । बरु हात फर्फरायो । तिघ्रामा बसेको झिङ्गा पड्काए झैँ उषाका गालामा बा को हातले रीस पड्कायो । मुखबाट आवाज आएन । भुईँबाट आयो । उषाको मोबाइल टिप्न नभ्याउने टुक्राहरु भई भुईँभरी छरियो ।

खाने मुखलाई जुङ्गाले छेक्छ र ? फोन फुटेर के भो माया फुटेको थिएन । च्याटिङ्ग छुट्यो त के भो गौरीले डेटिङको सेटिङ मिलाएकै थिई ।

यत्तिकैमा जाडो विदा आयो । जाडो विदामा आफ्नो पुरानो घर सुर्खेत जाने अघिल्ले वर्षको योजना अनुरुपको प्रस्ताव उषाका बाले टेवल गराए । प्रस्तावमाथि आमाको उत्साहमय सहमती प्रस्तुत भयो । अघिल्लो वर्ष योजना सुन्दैमा तीन हात उफ्रेकी उषाले अहिले अँध्यारो मुख बनाइ । उसको हृदयमा अर्कै कुरा थियो । जसको लयसँग नमिल्ने कम्पित स्वरमा उसले भनी – “जान्न म, मेरो पढ्नु छ ।”

बा र आमाले मुखामुख गरे । छोरीको घोसेमुनटोले पिरतीमा डिस्टिङ्गसनको तयारी गर्दै थियो । हुर्केकी छोरीलाई पन्ध्र–पन्ध्र दिन एक्लै छाड्ने कुराले बा को मनमा ढ्याङ्ग्रो बज्यो । फेरी उषाको पारा पनि त उनलाई ठिक लागेको थिएन ।

बा आमाको खासखुस के थियो थाहा भएन । जे होस् भोलिपल्ट बिहानै “राम्ररी बसेस् ।” भन्दै बा आमा लगेज बोकेर निस्किएपछि उषालाई हाइ सञ्चो भयो । ल्याण्डलाइन माथिको आमाको अहोरात्र सुरक्षा टुटेको थियो । कम्प्युटरमा गौरीले भने जस्ता ज्ञडं तस्बिर खोज्न अब उसलाई कसले रोक्नु ?

बिहानको नास्ता अगाडि नै क्षितिजसँग उसले एक घण्टा गफ गरी । गफको अन्त्यमा क्षितिजले “म आउँछु है” भन्यो । उसले किन नाइ भन्नु । राता डोबहरुको कौतुहलता उसलाई पनि नभएको कहाँ हो र ।

करिब तीन बजे आयो क्षितिज केही खानेकुराहरु बोकेर । उसको ख्याउटे अनुहारको चमक भनी साध्यको थिएन । नयाँ देखिने जुत्ता, निलो जिन्स र सादा गुलाबी टिसर्टमा ऊ ठाँटिएको थियो । आँखामाथि सधैँ झैँ पावरवाला चस्मा थिएन बरु लीप ब्राउन कलरको गगल्स थियो, त्यो पनि रेवनको । खरानी घसेकै जोगीलाई त ज्ञान ठानिन्छ उसको मनमा त प्रेम नै प्रेम थियो उषाको निम्ति । ठाँटिएको क्षितिज उषालाई बल्ल मन प¥यो । 

वारीपारी दुई ओटा फ्ल्याट छन्, बिचमा कोरिडोर । उषाहरुको फ्ल्याट पट्टि बाँसको जुत्ता राख्ने ¥याक छ ।  जुत्ता फुकाल्दै गरेको क्षितिजलाई कोरिडोरको पल्लो कुनाको बाथरुपमबाट फर्किदै गरेकी अर्को फ्ल्याटकी आन्तीले देखिन । उषा नतमस्तक भई । उसको भयलाई आन्टीले केही सहज बनाइ दिइन् –
“खाजा खाइस् छोरी ?”
“अ खाएँ आन्टी ।”
”बाबु को नी ।”
”मामा घरको दाई ।” 
क्षितिजले आन्टिलाई हे¥यो । आन्टी मुसुक्क हाँसिन् । हाँस्न त हाँसिन् ? आन्टि के बुझेर हाँसिन् ? उषालाई उकुसमुकुस भयो । 
“आन्टीले कुरा लाइन भने !” उषाको मन भरी डरै डर भरीयो ।
“लाए लाउन न त, सुर्खेतको मान्छे उडेर आए नी दुई दिन लाग्ला ।” क्षितिजले सान्त्वना दियो ।
“बाउसँग कम्ता मस्कीन्छे यो आन्टी ।”
“लभर होला के बुढा को !”
“छ्या ! त्यस्तो त हैन ।”
आन्टीबाट आफु तिर कुरा मोडिए पछि उषाले कोठाको चुकुल लगाई ! उषाले जे चाहेकी त्यो हुन केही बेरै लागेन । 
“सुन न ।” क्षितिज उषाको कानै नेर सुसायो ।
“भन न ।” उषाले सुस्केरा हाली ।
“किस गरांै ?” क्षितिजले बिन्ति बिसायो । 

उषाले मुन्टो बटारी । सेता दुधिला गालाहरु क्षितिजको ओठै अगाडी थिए । शरीरले शरीर छोएर खल्खल्ती पारेको बेला रसिलो आँप जस्तै उषाको गाला लाटाले पापा हेरे झैं ऊ कसरी हेरोस् ? च्वाप्पै पा¥यो । उषाले उसलाई धकेल्दै भनी –“यस्तो नि किस हुन्छ ?”
“गालामा यस्तै त हो नि ।”

“टोक्यो जस्तो छ ।” उषा जुरुक्क उठेर ऐना हेर्न गई । धन्न टोकेको हैन र छ । केही बेर पछि उषाले किसको आचारसंहिता बनाई –“गाला र ओठमा गर्न नपाइने ।”
फेरी दोहोरियो घटना । उस्तै आलिङ्गन, उस्तै सामिप्यता । थपियो मायालु हातको जथाभावी स्पर्श । उषा त्यसबखत स्पर्शबिहिन हन चाहन्नथी बरु स्पर्शलाई आफ्नो अधिनमा राख्न चाहन्थी । उसले त्यसै गरी क्षितिजका बदमास हातहरुलाई आफ्नो कम्मरमा लगेर थमाइ जहाँ क्षति कम थियो । काखीको मिठो गन्ध नजिकै उसले आफ्नो ओठ गाडिरहि । फेरी घटना उल्टियो । क्षितिज उसै गरी गाडियो उषाको छाती नजिकै । 

अकस्मात बजेको फोनले दुबैलाई छुटायो । फोन आमाले गरेकी थिइन् –“राम्ररी झ्याल ढोका लगाएर बस, केही भयो भने फोन गर ।” 

बेकारको आमाको निगरानी । केही भएकै त थिएन । फोन राखेर उसले खुल्ला झ्यालबाट बाहिर हेरी । साँझ परीसकेको थियो । पल्लो फ्ल्याटकी आन्टी कोरिडोरमा मुढामाथि बसेर काँक्रो खादै थिइन् । घरको तल बाटोमा मान्छेहरु आ आफ्नै शुरमा थिए । 

झ्याल लगाएर फर्केकी उषालाई क्षितिजले हेरी रह्यो । उसका आँखाहरुमा लाज चढेको थियो त्यो दिन । उसले निहुरीएरै भनी –
“क्षितिज अब जाउ ।”

ऊ अन्कनाएको देखेर उषाले फेरी थपि– “साँझ परी सक्यो ।”
“भोली बिहनै आउँछु है त ?”
“नाई न आऊ ।”

क्षितिजले उषालाई हे¥यो । उषाले त उसलाई हेर्दा समेत हेरिन । एक्कासी के भयो उसलाई । क्षितिज हात हल्लाउदै बिदा भयो । क्षितिज गएको आन्टीले देखिन् । ऊ गए पछि उषाले झ्यालको पर्दा लगाई, ढोकाको चुकुल लगाई । उसलाई खाना खान मन लागेन, फ्रिजबाट एक गिलास जुस लिएर ऊ बेडरुम तिर गई । 
मनमा अचम्मको उकुसमुकुस थियो । रातको अलि अलि भय अनि एकानतको स्वतन्त्रता । उसलाई रोक्ने कोही थिएन । 

ऊ सुत्ने तरखरमा थिई । सधैं त ऊ सुत्नेबेला नाइट गाउन लगाउँथी आज लगाइन । पातलो ब्लायङ्केटको स्पर्शमा छोडिदिइ आफ्नो नाङ्गो शरीरलाई । उसलाई फिटिक्कै निद्रा लागेन । फेरी उसले क्षितिज सम्झि । ताजा अतित दोहोरिएर आएन । उसले आफैें हालेको तगारो आफैंलाई मन परेन । ऊ उठेर बैठक रुममा पुगि । क्षितिजलाई फोन लगाइ र भनी –“कस्तो डर लाग्यो ।”
“नडराउ केही हुन्न ।”
“भाली आउ ल ।”
“ओके खाना खाएर आउँछु ।”
“नाइ साँझ आऊ बस्ने गरी ।”
उसले भन्न त खोजी डरले बोलाइ तर हैन उसले रहरै रहरले बोलाई र भोली क्षितिज पनि रहरै रहरले आउने छ । 
फोन राखेर उसले गौरीकै जस्तो रातो डोब ऐनालाई देखाई । मायाले पोलेको छाती माथिको आलो खत । कुरकुरे बैंशको आलो निशानी । 
 

(यस कथाको पहिलो भाग गत शनिबार प्रकाशित गरिएको थियो) 

सम्बन्धित समाचार