• २०८१ बैशाख १२ बुधबार

काठमाडौँ महानगरपालिकाको स्थानीय राजपत्र सार्वजनिक 

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय राजपत्र सार्वजनीक गरेको छ । महानगरले शुक्रबार महानगर परिषदमा स्थानीय राजपत्र सार्वजनिक गरेको हो । स्थानीय राजपत्र सार्वजनिक भएसंगै काम गर्न सहज हुने छ  ।

महानगरले सार्वजनिक गरेको ७ वटा राजपत्रमा बिबिध बिषय समाबेश गरीएको छ । राजपत्रमा काठमाण्डौँ महानगरपालिका नगर कार्यपालीकाको सुचना, नगरसभा सूचना,आर्थिक ऐन २०७४ मा महानगरले उठाउँदै आएको बिबिध करको बारेमा प्रस्ट पारेको छ ।  

त्यस्तै , महानगरपालिका नगर कार्यपालीकाको सूचना , नगर कार्यपालीका कार्यसम्पादन नियमावली २०७४, कार्यपालीका अन्तर्गत समिति-उपसमिति गठा सम्बन्धी कार्यबिधि, विनियोजन ऐन र महानगरको आर्थिक वर्ष २०७४-७५ को नीति तथा कार्यक्रमहरु समाबेश गरीएको छ । 

राजपत्र सार्वजनीक गर्दे काठमाडौँ महानगर प्रमुख विद्या सुन्दर शाक्यले ढिलै भएपनी राजपत्र सार्वजनिक गरेको बताउँदै अप्ढ्यारो परेको समयमा हेर्न सहज हुने बताए , उनले भने “महानगरले अहिले सम्म के के निर्णय गर्यो, त्यो सार्वजनीक गरेका छौँ अप्ढ्यारो परेको बेला पल्टाएर हेर्न सहज हुन्छ र हरेक नागरीकले चाहेको बेला सुचना तथा जानकारी लिन सक्छन् । ”

त्यस्तै , महानगरका कार्यकारी अधिकृत धनीराम शर्माले कानुन मात्र नभएर  अरु पनि नितीगत महत्वपुर्ण निर्णयहरु राजपत्रमा आउने बताए । कुनै पनि निर्णयको सुचना प्राप्त गर्न सकिने र निरन्तर प्रकाशन गर्ने बताए ।

काठमाडौँ महानगरले प्रकाशन गरेको स्थानीय राजपत्र सबै वडामा जाने र राजपत्रको आधारमा कामगर्न सहज हुने  छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै