• २०८१ बैशाख १३ बिहीबार

पोखरा शिक्षा कार्यालयका कर्मचारी घूससहित पक्राउ

kharibot

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका दुई जना प्राविधिक कर्मचारीलाई घूससहित पक्राउ गरेको छ । 

विद्यालय भवन निर्माण गर्दा गलत बिल फछ्र्यौट गरिदिने भन्दै रु एक लाख घूस लिँदालिँदै चिप्लेढुङ्गास्थित एक रेस्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउपर्नेमा इन्जिनियर छवीन्द्रविक्रम खाँड र सबइन्जिनियर प्रदीपकुमार बानियाँ रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ । 

उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र छानबिन शुरु गरिएको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै