• २०८१ बैशाख १३ बिहीबार

इसाराले चल्ने फोन बनाउँदै एप्पल, डायल गर्न औँलोले मोबाइल छुनु नपर्ने !

kharibot

काठमाडौं । चर्चित प्रविधि कम्पनी एप्पलले आईफोनमा नयाँ प्रविधि भित्र्याउने भएको छ । उसले भविष्यमा आईफोनलाई टचलेस र इसाराबाटै फोन चलाउन मिल्ने तथा कभ्र्ड स्क्रिनयुक्त बनाउने भएको हो । 

यसबारे अहिले उसले काम गरिरहेको बताइएको छ । स्मार्टफोन बजारमा आफूलाई अलग पहिचान र महत्वपूर्ण बनाउन एप्पलले आईफोनलाई अझै युनिक बनाउनलागेको हो । एजेन्सीहरुका अनुसार नयाँ कन्ट्रोल फिचरको माध्यमबाट आईफोनलाई प्रयोगकर्ताले औँलेले नछोईकन नै चलाउन सकिनेछ ।

त्यसका लागि प्रयोगकर्ताले स्क्रिनमाथि औँलो लैजानेबित्तिकै स्वतः काम हुनेछन् । यो प्रविधियुक्त आईफोन भने ग्राहकले कम्तीमा पनि आगामी दुई वर्ष कुर्नुपर्नेछ । 

सूत्रहरुका अनुसार एप्पलले कम्प्युटरसँग मानवीय कुराकानीको लागि नयाँ तरिकाको खोजी गरेको छ । सहसंस्थापक स्टिभ जब्सले सन् १९८० को सुरुमा माउसलाई जनप्रिय बनाएका थिए ।

एप्पलले पछिल्लो आईफोनमा थ्रिडी टच फिचर दिएको थियो जुन औँलोलाई छुट्टै छुट्टै किसिमले थिच्दा सोही किसिमले प्रतिक्रिया दिन्छ । नयाँ जेष्टर टेक्नोलजीअनुसार औँलो नजिक पुग्नासाथ काम गर्ने खालको हुनेछ । 

यस्तै एप्पलले नयाँ आईफोन डिस्प्लेमा पनि काम गरिरहेको छ । यो डिस्प्ले सामसुंगको पछिल्लो स्क्रिनभन्दा पनि फरक हुने बताइएको छ । सामसुंगले पछिल्लो स्मार्टफोनमा दिएको स्क्रिन किनारामा कभ्र्ड रहेको छ । अहिलेसम्म हरेक आईफोन मोडलमा एक फ्ल्याट डिस्प्लेको प्रयोग गरिएको छ । आईफोन १० को ओलेड स्क्रिन तलतिर थोरै मात्र कभ्र्ड रहेको छ ।

यी दुवै फिचरहरु अहिले सुरुवाती चरणमा रहेको बुझिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै