• २०८१ बैशाख १४ शुक्रबार

बलिवुड अभिनेता इन्दर कुमारको निधन 

kharibot

बलिवुड अभिनेता इन्दर कुमारको शुक्रबार मुम्बईमा निधन भएको छ ।

४५ बर्षिय इन्दर कुमारको मुम्बईस्थित अँधेरी इलाकामा रहेको उनको घरमा बेहोशी हालतमा भेटिएका थिए । त्यसपछि उनलाई डाक्टरले मृत घोषित गरेका थिए ।

मासुमबाट बलिवुडमा डेभ्यु गरेका इन्दरकुमारले सलमान खानसँग तुमको ना भुल पायेंगे, वान्टेड जस्ता ठुला फिल्ममा अभिनय गरेका थिए भने अक्षयकुमारसँग खेलाडीयोका खेलाडीमा पनि काम गरेका थिए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै