• २०८१ बैशाख ६ बिहीबार

सलमान खान हिरासतमा, अदालतद्वारा ५ बर्षको जेल सजाय  

kharibot

मुम्बई । कालो हरिणको शिकार प्रकरणमा बलिवुड अभिनेता सलमान खानलाई जोधपुरको अदालतले दोषी करार दिदै ५ बर्षको जेल सजाय दिएको छ ।

१९ बर्ष पुरानो यो प्रकरणमा सलमानलाई १ बर्षदेखि ६ बर्षसम्मको जेल सजाय हुनसक्ने प्रावधान अनुसार ५ बर्षको जेल सजाय र १० हजार जरिवाना तोकिएको छ ।

सलमान खानले जमानतको लागि अपिल गर्ने व्यवस्था भएपनि आज तुरुन्तै गिरफ्तार गरेर उनलाई जेल चलान गरिएको छ ।

कालो हरिणको शिकार प्रकरणमा दोषी बनाइएका सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमलाई भने आरोपबाट मुक्त गरिएको छ । अघिल्लो साता मार्च २८ मा अदालतमा बहस सकिएपछि यस प्रकारणको फैसला आज आएको हो ।

सन १९९८ मा फिल्म ‘हम साथ साथ है’ को सुटिंगमा क्रममा भएको यो घटनामा सलमानका अलावा सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमलाई पनि दोषी बनाइएको थियो । 

सन १९९८ को अक्टुबर २ तारिखमा सलमानले जोधपुरको कंकाणी गाउँ सहित तीन अलग अलग ठाउमा हरिणको शिकार गरेको आरोप लागेको थियो । सलमानले सो रात दुई कालो हरिणको शिकार गरेको र त्यसका लागि सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमले उनलाई उक्साएको आरोप लगाइएको छ । 

कालो हरिणको शिकारका अन्य दुई प्रकरण अदालतले सलमानलाई सफाई दिएपनि राजस्थान सरकारद्वारा सलमानलाई दिइएको ५ बर्ष र एक बर्षको सजाय माफीको फैसलाविरुद्ध भारतको सर्वोच्च अदालतमा अपिल गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै