• २०८१ बैशाख १३ बिहीबार

फास्ट ट्रयाकको प्रगति बारे नेपाली सेनाले दियो जानकारी, पुरातात्विक संरचनाहरुलाई बचाइने  

kharibot

काठमाडौँ । काठमाडौँबाट तराई जोड्ने फास्ट ट्रयाक बारे नेपाली सेनाले अहिले भैरहेको कार्य प्रगतिको जानकारी दिएको छ । 

नेपाली सेनाका अनुसार अहिले फास्ट ट्रयाक निर्माण तथा आयोजना स्थलको सुरक्षार्थ पहिलो चरणमा गत श्रावणको दोश्रो साताबाट काठमाण्डौको मख्खुवेशी, मकवानपुरको सिस्नेरी दोभान, लेनडाँडा, बुदुने तथा बाराको बागदेव ईलाकामा गरी पाँच स्थानमा सुरक्षा वेश क्याम्पहरु स्थापना गरी कार्य गर्दै आएको जनाएको छ । 

हाल ललितपुर जिल्लाको खोकना, मकवानपुर जिल्लाको ठिंगन, महादेवटार तथा राजदमार र बारा जिल्लाको निजगढ गरी थप पाँच स्थानहरुमा अस्थायी क्याम्पहरु खडा गरी सोइल रेनफोर्समेन्ट, कटिंग, फिलिंग तथा क्रस ड्रेनिंग कार्यहरु भईरहेको नेपाली सेनाले जानकारी दिएको छ ।

त्यस्तै फास्ट ट्रयाकको निर्माणलाई थप गति दिई तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य अनुरुप हाल २० स्वदेशी निर्माण व्यवसायीहरुलाई विभिन्न स्थानहरुमा कार्य गर्ने गरी सम्झौता गरीएको र अन्य ३ निर्माण व्यवसायीहरुलाई सम्झौता गर्ने प्रकृयामा रहेको सेनाले जानकारी दिएको छ । 

साथै ५ निर्माण व्यवसायीहरुसँग नेपाली सेनाको लागि आवश्यक पर्ने उपकरणहरु उपलब्ध गराउने गरी सम्झौता भई कार्य भईरहेको जनाएको छ । फास्ट ट्रयाकको मार्गाधिकार भित्र परेका रुख कटान र व्यवस्थापन कार्यलाई तिव्रता दिने कार्य भईरहेको र सोही क्रममा हाल मकवानपुर जिल्लाको बुदुने तथा लेनडाँडा ईलाकामा रुख कटान कार्य भईरहको सेनाले जनाएको छ ।

त्यसैगरि डीपीआर तयार पार्ने सिलसिलामा एक्प्रेसन अफ इन्ट्रेस्टको लागि १५ दिन भित्र स्वदेशी तथा विदेशी कम्पनीहरुबाट निवेदन प्राप्त हुने गरी चैत्र १४ गते सूचना प्रकाशन गरि सकेको जनाएको छ । 

द्रुतमार्गको मार्गाधिकार भित्र परेका निजी तथा ऐलानी जग्गाहरुको मुआब्जा र घर टहराहरुको क्षतिपूर्ती बितरण सम्बन्धमा काठमाण्डौ तथा मकवानपुर जिल्लाका अधिकांश कार्य सम्पन्न भई सकेको जानकारी दिदै ललितपुर जिल्लाको खोकना ईलाकामा रहेको मुआब्जा विवाद निराकरणको लागि सम्बन्धीत सरकारी निकाय, स्थानिय जनप्रतिनिधिहरु तथा अन्य सरोकारवाला पक्षहरुसँग विभिन्न चरणमा छलफल भईरहेको नेपाली सेनाले जनाएको छ । 

खोकनाको ऐतिहासिक स्थान कुदेश र श्रीपालीको मन्दिर लगायतका पुरातात्विक महत्वका संरचनाहरुलाई यथावत बचाई राख्न तथा मुआब्जा विवादलाई सरलीकरण गरी कार्य सम्पादन गर्न नेपाली सेना प्रयासरत रहेको सेनाको भनाई छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै