• २०८१ बैशाख १३ बिहीबार

स्थानीय तह निर्वाचनमा नयाँ शक्ति नेकपा संयुक्तको चिन्हमा चुनाव लड्ने

kharibot

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि नयाँ गठबन्धन बनाएको छ । 

नेकपा संयुक्तसँग चुनावी तालमेलका साथ नयाँ शक्तिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अब जनतासँग हँसिया चुनाव चिह्नमा मत माग्ने छ । 

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा नयाँ शक्तिले हँसिया चिह्न लिएर निर्वाचनमा जाने जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पुष्टि गरे । 

यसअघि भएका स्थानीय तहको दुई चरणका निर्वाचनमा उक्त पार्टीले संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरी हातमा बोकेको मशाल चुनाव चिह्न लिएर निर्वाचनमा गएको थियो । 

कूल २८ हजार ४२३ पदका लागि भएको स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति र सङ्घीय समाजवादी फोरमको गठबन्धनले ३८२ पदमा विजय प्राप्त गरेका थिए । स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनमा १४ राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै