• २०८१ बैशाख ८ शनिबार

एमाले संसदीय दलको उपनेतामा नेम्बाङ र प्रमुख सचेतकमा अधिकारी

kharibot

काठमाडौँ । पुर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई नेकपा एमालेले संसदीय दलको उपनेता बनाएको छ ।

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले संविधानसभाका पूर्व अध्यक्ष तथा सभामुखसमेत रहेका नेम्वाङलाई संसदीय दलको उपनेता बनाउने निर्णय गरेको हो । 

यस्तै बैठकले खगराज अधिकारीलाई प्रमुख सचेतक बनाएको छ भने सचेतकमा शान्ता चौधरीलाई जिम्मेवारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न भारत भ्रमण तथा नेकपा (माओवादी केन्द्र) सँगको एकताबारे जानकारी गराउनुभएको सचेतक चौधरीले जानकारी दिईन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै