• २०८१ बैशाख ७ शुक्रबार

वाणिज्य बैंकहरुलाई विदेशी बैंकसँग ऋण लिन बाटो खुल्ला, प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाइने

kharibot

काठमाडौं ।  नेपालका बाँणिज्य बैंकहरुलाई बिदेशी बैंकहरुबाट ऋण लिनको लागि बाटो खुल्ला भएको छ । बैंकिङ क्षेत्रमा पछिल्लो समय लगानीयोग्य रकमको अभाव भएको बेला राष्ट्र बैकले परिपत्र जारी गर्दे ऋण लिनको लागि बाटो खुल्ला गरेको हो । 

नेपाल राष्ट्र बैक ऐन २०१९ को दफा (१०) ख ले दिएको अधिकार प्रयोग बिदेशी बैंकसंग ऋण लिन सक्ने गरी व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो व्यवस्था अनुसार बाँणिजय बैकहरुले भौत्तिक पुर्वाधार, जलबिद्युत, केवलकार, पर्यटन, कृषि, ऊर्जा, साना तथा मझौला व्यवसाय आदि क्षेत्रमा कर्जा लगानी गर्नको लागि बिदेशी बैकहरुसंग ऋण लिन सक्नेछन । 

यो ऋण प्राथमिक पुंजीको २५ प्रतिसतसम्म लिन पाउने परिपत्रमा उल्लेख छ । राष्ट्र बैकका अनुसार यो ऋण लिनको लागि तोकिएको पुंजीकोष कायम गरेको हुनुपर्ने, ऋण लिन सम्वन्धीत बैंकले सञ्चालक समितीको बैठक बसेर निर्णय गर्नुपर्ने, यस्तो ऋणको भुक्तानी अवधि एक बर्षदेखि बढीमा पाँच बर्षको हुनुपर्ने, ऋणको व्याजदर लगायत ऋणदाताले लगाउने व्याज तीन प्रतिसत भित्र रहनुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन । 

परिपत्र अनुसार यसरी लिएको ऋण अन्तर बैक कारोवारमा प्रयोग गर्न पाईने छैन । राष्ट्र बैकबाट अनुमती लिएर मात्र यस्तो ऋण लिन पाईने र ऋण भित्र्याउँदा सम्पती सुद्धीकरण आतंकवादी क्रियाकलापमा बित्तीय लगानी निवारण सम्वन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय नियमहरुको समेत पुर्णरुपमा पालना गरेको हुनुपर्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै