• २०८१ बैशाख १२ बुधबार

भिभोको भि-नाईन स्मार्टफोन नेपाली बजारमा 

kharibot

काठमाडौं । भिभोले आफ्नो अलन्यू भि-नाईन स्मार्टफोनको अनावरण गरेको छ । सार्वजनिक गरिएको स्मार्टफोनमा भिभोको फुलभ्यू डिस्प्ले र ९० प्रतिशत स्क्रिन–टु–बडी अनुपात रहेको छ, जसले पर्फेक्ट सट दिने जानकारी दिइएको छ । 

भि-नाईन उत्कृष्ट डिजाईन भएको र यसबाट पर्फेक्ट सट लिन सकिने जानकारी दिदै यस फोनमा रहेको एआई पावरको माध्यमबाट पर्फेक्ट भ्यू प्रदान गर्ने बताइए को छ ।

भिभोको हालैको घोषणा र ईन्–डिस्प्ले फिङ्गर प्रिन्ट स्क्यानिङ्ग प्रविधि पछ्याउँदै, भिभो भि-नाईनले एडभान्स्ड मेशिनलर्निङ्ग को प्रयोगबाट विशिष्ट एआई–पावर्ड मोवाईल अनुभव प्रदान गर्दछ,जसले एआई फेस ब्युटी, एआई स्मार्ट ईन्जिन र एआई सेल्फीलाईटिङ्ग जस्ता सुविधाहरु बढाँउने सो अवसरमा जानकारी दिइयो ।

एआई फेस ब्युटी प्रविधि :

भिभोको एआई फेस ब्युटी प्रविधि करिब दश लाख अनुहारका फोटोहरुको व्यापक डाटाबेस प्रयोग गरी तयार पारिएको छ । जसको कारण, भि नाईनको एआई ले प्रयोगकर्ताको उमेर, लिङ्ग, छालाको रङ्ग, बनावट साथै लाइटिङ्ग वातावरण पत्ता लगाउन सक्छ । यसको बाबजुद यस मोवाइलले स्थानिय प्रयोगकर्ताहरुको प्राथमिकताहरुलाई अभिवृद्धि गर्न मदत गर्दछ । अरु एआई फोटोग्राफीका सुविधाहरुमा एआई सेल्फी लाइटिङ्ग पर्छ, जसको अल्गोरिदमले मौलिकडी फोटोलाई थ्री डी मोडलमा परिवर्तन गर्दछ । जसले प्रकाशलाई प्रामाणिक र कलात्मक रुपमा प्रशोधन गर्न सक्दछ भने प्रयोगकर्ताहरुलाई आफ्नो सृर्जना बनाउन मदत गर्दछ ।

उत्कृष्ट अप्रेशन :

फोटोग्राफीबाहेक, भि नाईनको एआईले फोन अप्रेशनको उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्दछ र एआई स्मार्ट ईन्जिन प्रणालीको स्रोतहरुले प्रयोगकर्ताहरुका बाँनी अनुसार प्राथमिकता दिन्छ ।

भिभोले पहिलेको फेसिएल अनलकिङ्ग प्रविधिलाई एआई फेस एक्सेसद्वारा सुधार गरेको छ, जसले प्राकृतिक छालाको प्रतिबिम्ब तथा फोटो र भिडियो देखाउँदा अनलक हुने सम्भावना घटाउन अनुहारको हलचल पत्ता लगाउँछ । भि नाईनको एआई अटेन्सन सेन्सिङ्गले प्रयोगकर्ताले फोनमा हेरिरहेको पत्ता लगाउँछ, जसले गर्दा फोन चलाईरहेको बेला मेसेज अलर्ट, ईन्कमिङ्गकल र अर्लाम हरुको आवाजको अवरोध घटाउन स्वचालित रुपमा आफै कम हुन्छ ।

कम्पनीको अनुसार भि नाईनले ग्राहकहरुको मोवाईल क्यामेराको आवश्यकतालाई बुझेर स्वचालित रुपमा कुनै पनि वातावरणमा पर्फेक्ट सट निर्माण गर्दछ । 

युवा ग्राहकहरुमाँझ बजारमा भि-नाईनको एआई पाओर चिनाउन एआईको मुख्य भूमिकाको साथमा विश्व बजारमा धेरै ग्राहकहरुलाई अहिले सम्मकै सबै भन्दा सजिलो पर्फेक्ट सट लिई आफूलाई व्यक्तगर्ने प्रेरणा दिन सक्छौ भन्ने कुरामा विश्वस्त रहेको कम्पनीले जनाएको छ । साथै, फूलभ्यु डिस्प्लेले ग्राहकहरुलाई पर्फेक्ट भ्यु प्रदानगर्दछ जसले हरेक प्रकारको फोटोग्राफिक क्षणहरुको अनुभव गराउने बताइएको छ ।

भिभो विश्वबजारमा नेतृत्वगर्दै आईरहेको स्मार्टफोन ब्राण्ड हो जुनउत्कृष्ट साउन्ड क्वालिटी र फोटोग्राफी भएका फोनहरुको उत्पादनमा केन्द्रित रहेको छ । भिभोले युवाहरुका लागि नविनतम र स्टाईलिस उत्पादनहरु विकास गर्दछ । हामीसँग अहिले दुई करोड भन्दा बढी प्रयोगकर्ताहरु छन् र विश्वभरका युवाहरुले रुचाउने ब्राण्डहरु मध्ये भिभो एक हो ।

फिफा वर्ल्ड कपको आधिकारिक प्रायोजक भएकोमा, भिभोले युवाहरुमा स्वःअभिव्यक्ति र ऊर्जावान जीवनशैलीलाई अँगाल्न प्रोत्साहित गर्नुपर्ने  आवश्यकतामाथि विश्वास राख्दछ ।


 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै