• २०८१ बैशाख ६ बिहीबार

उपत्यकासहित पूर्वी पहाडी भेगमा वर्षा

kharibot

काठमाडौँ । पूर्वबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज काठमाडौँ उपत्यकासहित पूर्वी पहाडी भेगमा बद्लीभई वर्षा भइरहेको छ । 

उक्त वायुको प्रभावले मेघगर्जनसहित वर्षा भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । दिउँसोदेखि विकसित भएको मौसमी प्रणाली देशका पूर्वी भेग हुँदै मध्यसम्म फैलिएको र आज रातिबाट मौसममा सुधार आउने उनको भनाइ छ । 

अहिले पनि उपत्यकाका धेरै स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा शुन्य दशमलव पाँच, ओखलढुंगामा शुन्य दशमलव नौ, ताप्लेजुङमा शुन्य दशमलव पाँच र जनकपुरमा दुई दशमलव चार मिलिमिटर वर्षा भएको छ । 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै