• २०८१ बैशाख ८ शनिबार

बक्स अफिसमा टाइगरको जादु, आइतबार मात्र कमायो २७ करोड 

kharibot

बलिउड । अभिनेता टाइगर श्राफको फिल्म बागी २ भारतीय बक्स अफिसमा राम्रो कमाई गरेको छ । 

फिल्मले भारतीय बक्सअफिसमा आइतबार मात्र २७ करोड ६० लाखको व्यापार गरेको छ । फिल्म समिक्षक तरण आदर्शका अनुसार भारतका सबै क्षेत्रमा फिल्मले राम्रो व्यापार गरेको छ । 

पहिलो दिन २५ करोड व्यापार गर्न सफल यस फिल्मले दोस्रो दिन २० करोडको व्यापार गरेर फिल्म समिक्षकको अनुमानलाई गलत साबित गरेको छ । फिल्मले तीन दिनमा ७३ करोड भारतीय रुपैयाको व्यापार गरेको छ । 

योसँगै फिल्मले २०१८ मा रिलिज भएका फिल्ममध्ये सबैभन्दा राम्रो व्यापार गरिरहेको छ साथै फिल्मले अभिनेता टाइगर सराफको पहिलो सय करोड व्यापार गर्ने फिल्मको रुपमा अगाडी बढिरहेको छ ।

भारतीय बक्स अफिसमा पद्मावतले पहिलो दिन १९ करोड व्यापार गरेको थियो । त्यस्तै अक्षयकुमारको फिल्म प्याडम्यानले रिलिजको पहिलो दिन १०.२६ करोड र अजय देवगनको फिल्म रेडले रिलिजो पहिलो दिन १० करोडको व्यापार गरेको थियो ।     

फिल्ममा  टाइगरको दमदार एक्सन एक्सन दर्शकहरुले अतिनै मन पराएका छन् ।  

फिल्म बागी २ को ट्रेलरले रिलिजको २४ घण्टामै ६० मिलियनले हेरेका थिए भने अहिले फिल्म हेर्न पनि दर्शक हलमा पुगेका छन् । 

बागी २ चलचित्र बागीको अर्को श्रृङ्खला हो । फिल्ममा टाइगरसँगै उनकी प्रेमिका दिशा पटानी, रणदीप हुडा, मनोज बाजपेई र प्रतीक बब्बरले अभिनय गरेका छन् । फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै