• २०८१ बैशाख ७ शुक्रबार

प्रधानसेनापति कंगो प्रस्थान, राष्ट्रसंघीय नेपाली मिसनको निरीक्षण गर्ने 

kharibot

विमानस्थलमा क्षेत्रीलाई विदा गर्दै बलाधिकृत थापा । तस्बिर : नेपाली सेना

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्री सोमबार अफ्रिकी देश कंगो प्रस्थान गरेका छन् । राष्ट्रसंघीय आह्वानमा शान्तिस्थापनार्थ गएको नेपाली मिसनको निरीक्षण गर्न सेनापति क्षेत्री त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ । 

प्रधानसेनापति क्षेत्रीले कंगोको एमओएनयूएससीओ मिसनमा तैनाथ नेपाली कन्टिन्जेण्ट र दक्षिण सुडानस्थित यूएनएमआईएसएस मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्टको निरीक्षण गर्नेछन् । सो क्रममा क्षत्रीले नेपाली कन्टिन्जेण्टको स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नेछन् ।

कंगो मिसनका एक्टिङ फोर्स कमाण्डर बर्नार्ड कमिन्स, इतुरी बिग्रेडका ब्रिगेड कमाण्डर इहतेसामुस समद चौधरी, केन्द्रीय सेक्टरका कमाण्डर विवेक त्यागी, एक्टिङ हेड अफ अफिस सलामी आदम तथा अन्य उच्च पदाधिकारीहरु र नेपाली सिभिलियन कर्मचारीहरुसँग भेटघाट गर्नेछन् । 

त्यस्तै दक्षिण सुडान मिसनमा दक्षिण सुडानका सेना प्रमुख अजोंगा मावुत अन्जिक अजोंगा, संयुक्त राष्ट्रसंघको महासचिवका विशेष प्रतिनिधि डेभिड शिअरर, फोर्स कमाण्डर फ्रान्क मुस्यो कामान्जी, वेष्टर्न लेक स्टेट रुमबेकका गर्भनर माटुर चुत धुवलसँग भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ । 

क्षेत्रीको अनुपस्थितिमा बलाधिकृत पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् । क्षेत्री आगामी २६ गते स्वदेश फर्किनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै