• २०८१ बैशाख ८ शनिबार

२०७५ सालको सार्वजनिक बिदाको सूचि राजपत्रमा प्रकाशित, यस्तो छ सुची

kharibot

काठमाडौँ  । सरकारले २०७५ सालको बिदाको सूचि राजपत्रमा प्रकाशित गरेको छ ।

आइतबार राजपत्रमा सूचना निकालेर सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो । सरकारले यसअघि नै सार्वजनिक बिदा कटौतीको निर्णय गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो ।

यसअनुसार वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमा, असोज २३ गते संविधान दिवसको दिन, मजदुर दिवस, अन्तर्राष्ट्रिय महिला दिवसको दिन र बुद्ध जयन्तीको दिनपनि देशभरी नै बिदा हुनेछ । सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ ।

सबै महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुनेछ । दसैँ बिदा असोज ३० देखि कात्तिक ३ तथा तिहार बिदा कात्तिक २१, २२ र २३ गते हुनेछ ।

काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा बिदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन बिदा हुनेछ ।
मंसिर १७ गते अपांगता भएका कर्मचारीका लागि बिदा हुनेछ । 

राजपत्रमा प्रकाशित बिदाको सूचि हेर्नुहोस्

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै