• २०८१ बैशाख ८ शनिबार

काँग्रेस नेता खुमबहादुर खड्काको पशुपति आर्यघाटमा अन्तिम संस्कार

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

दिवंगत नेता खड्कालाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवासहित काँग्रेस नेताहरु, अन्य दलका नेताहरु तथा शूभचिन्तकहरु आर्यघाट पुगेका थिए । 

पुर्वगृहमन्त्री समेत रहेका खड्कालाई सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । 

नेता खड्कालाई उनका छोरा अनुरागले दागबत्ती दिएका छन् । 

यसअघि, कांग्रेस केन्द्रीय कार्यसमितिको आइतवार बसेको आकस्मिक बैठकले केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथां पूर्वमन्त्री खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । 

खड्काको चैत १६ गते साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारमै रहँदा निधन भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै