• २०८१ बैशाख ६ बिहीबार

पश्चिमेली साहित्यिक आवाजको प्रथम वार्षिकी

kharibot

काठमाडौं । पश्चिमेली साहित्यिक आवाजको प्रथम वार्षिकी कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार लाजिम्पाटस्थित डिल्लीरमण पुस्तकालयमा कवि, गीतकार तथा वरिष्ठ साहित्यकार रमेश पौडेल, कवि कलानिधि दाहाल, गजलकार गोविन्द नेपालको उपस्थिति रहेको थियो । अजिता दाहालको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रम सविता देवकोटाले संचालन गरेकी थिइन् । 

२०७३ सालमा सामाजीक संजाल फेसबुकबाट सुरु भएको पश्चिमेली आवाजलाई नमुना साहित्य प्रतीष्ठान बनाउने लक्ष्य रहेको आयोजकहरुले जानकारी दिएका छन् । पश्चिमेली साहित्यिक आवाजले पुर्व मेचिदेखि पश्चिम महाकालीसम्मका सम्पुर्ण व्यक्तित्वहरुलाई समेट्ने जानकारी दिएका छन् । 

कार्यक्रममा गजलकार अन्चल बान्तवाले गजल  गजल तथा कवि  बिनोद खत्रि आकाशले एकल कविता बाचन गरेका थिए । 

कार्यक्रममा उपस्तिथ करिब ५० जना साहित्यिक सर्जकहरुले आफ्नो सिर्जना वाचन गरेका थिए । जसमध्ये गजलवाचनतर्फ  सुमन हुलाकी, मुक्तकतर्फ दिक्षा भण्डारी र कवितातर्फ सुशिला ढकाल उत्कृष्ट भएका छन् ।

 विजयीहरुलाई नगदसहित प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा उपस्थिति अतिथिलगायत सबैले प्रतिभा प्रस्तुत गरेका थिए । 
    
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै