• २०८१ बैशाख १४ शुक्रबार

कर्मचारीमाथि खनिए प्रदेश ३ का मुख्यमन्त्री पौडेल, असहयोग गरेको आरोप

kharibot

काठमाडौं । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारीहरुले संघीयतालाई अझै आत्मसात् गर्न नसकेको आरोप लगाएका छन् ।

मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समिति सुन्दरीजलको सामुदायिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले कर्मचारीतन्त्रको जालोको कारण अझै पनि स्थानीय सरकारले राम्रोसँग काम गर्न नपाएको बताएका हुन् ।

कर्मचारीहरुलाई अझै पनि स्थानीय र प्रदेश तहका अधिकार कटौती गर्दै सिंहदरबार केन्द्रित गर्ने कि भन्ने भाको छ, स्थानीय तहलाई फेल बनाउँदै अझै पनि सिंहदरबारमा अधिकारलाई केन्द्रित गर्ने खेल भइरहेको उनले बताए ।

मुलुकमा भ्रष्टाचारको जालो रहेको र कर्मचारीको सहयोगबाट नै यस्ताखाले जालो तोड्न सकिने भन्दै उनले विकास र समृद्धिको अभियानमा सबैलाई एक भएर अघि बढनको लागि आग्रह समेत गरे । उनले भने, “सिंहदरबारमा बसेर यो मन्त्री यस्तो, ऊ मन्त्री उस्तो, मन्त्रीलाई केही आउँदैन भनेर बस्नेहरुले आफूले पनि देशको लागि हालसम्म के दिएँ भन्ने पनि सोच्नुपर्याे नि ? आफ्नो हैसियत र मर्यादा भुल्नुभएन नि ?”

प्रदेश नंबर ३ लाई नमूना प्रदेश बनाउनको लागि आफूहरुले गर्नसक्ने मात्र नीति तथा योजना ल्याउने भन्दै मुख्यमन्त्री पौडेलले विकासको लागि सबैलाई सहकार्य गर्न आग्रह समेत गरे ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै