• २०८१ बैशाख ८ शनिबार

टाइगर श्राफको फिल्म बागी २ ले रिलिजको पहिलो दिनमै बनायो रेकर्ड 

kharibot

बलिउड । अभिनेता टाइगर श्राफको फिल्म बागी २ ले रिलिजको पहिलो दिनमै रेकर्ड बनाएको छ ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो दिन यस बर्षको सबैभन्दा बढी व्यापार गरेको छ । रिलिजको पहिलो दिन भारतीय बक्स अफिसमा बागी २ ले २५.१० करोडको व्यापार गरेको छ ।

भारतीय बक्स अफिसमा पद्मावतले पहिलो दिन १९ करोड व्यापार गरेको थियो । त्यस्तै अक्षयकुमारको फिल्म प्याडम्यानले रिलिजको पहिलो दिन १०.२६ करोड र अजय देवगनको फिल्म रेडले रिलिजो पहिलो दिन १० करोडको व्यापार गरेको थियो ।     

फिल्ममा  टाइगरको दमदार एक्सन एक्सन दर्शकहरुले अतिनै मन पराएका छन् ।  

फिल्म बागी २ को ट्रेलरले रिलिजको २४ घण्टामै ६० मिलियनले हेरेका थिए भने अहिले फिल्म हेर्न पनि दर्शक हलमा पुगेका छन् । 

बागी २ चलचित्र बागीको अर्को श्रृङ्खला हो । फिल्ममा टाइगरसँगै उनकी प्रेमिका दिशा पटानी, रणदीप हुडा, मनोज बाजपेई र प्रतीक बब्बरले अभिनय गरेका छन् । फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै