• २०८१ बैशाख ७ शुक्रबार

६० प्रतिसत जनता अझै पनि बैकिङ पँहुच बाहिर, कर्जा उपयोग गर्ने ग्राहक पाँच प्रतिसत मात्र 

kharibot

काठमाडौ  । अर्थमन्त्री डा. युुवराज खतिवडाद्धारा शुुक्रबार सार्वजनिक गरिएको श्वेत पत्रमा बित्तीय क्षेत्रको अवथा निकै नै दयनीय देखिएको छ ।

चालुु आर्थिक बर्षको माघ मसान्तसम्ममा कुुल जनसंख्या मध्ये ६० प्रतिसत जनता अझै पनि बैैकिङ पहुुच भन्दा बाहिर रहेको देखिएको छ भने कर्जा उपभोग गर्ने ग्राहकको संख्या कुुल जनसंख्याको पाँच प्रतिस मात्र रहेको छ । 

स्वेत पत्रमा उल्लेख भए अनुसार बीमा क्षेत्रको अवस्था पनि निकै कमजोर देखिएको छ । सबैजसो बीमा कम्पनीहरु शहरी क्षेत्रमा मात्र केन्द्रित रहेको र अहिले कै अवस्थामा पनि ९० प्रतिसत जनता बीमाको पहुंच बाहिर रहेकाछन । गमिण तथा पिछडिएका क्षेत्रहरुमा बैकिङ पहुंच पुुग्न नसकेको र संघियता कार्यान्वयका क्रममा गठन भएका सात सय ५३ वटा स्थानीय तह मध्ये तीन सय ७९ वटा स्थानीय तहमा अझै पनि बाँणिज्य बैकहरु पुुग्न सकेकाछन छैनन ।

बित्तीय सेवाको मुुल अंश सहकारी संस्थाहरू मार्फत पूरा हुँदै गएपनि यी संथथाहरूको प्रभावकारी नियमन र सुपरीवेक्ष तथा संस्थागत शुुसासन कायम गराउने कुरा चुुनौतीपुुर्ण बन्दै छ । अनौपचारिक बित्तीय सेवाको दायरा निकै फराकिलो भएको र अहिले कुुल जनसंख्याको १० प्रतिसत परिवारले मात्र बीमा सेवाको उपभोग गर्न पाएका देखिएको छ । 

बैंक तथा बित्तीय संस्थाहरुले साधनको उल्लेख्य हिस्सा कृषि, उद्योग, पूर्वाधार बिकास लगायतका राज्यको प्राथमिकताको क्षेत्रमा लगानी गर्नुुपर्नेमा यस्ता कर्जाहरु आयात र रोजगार नदिने क्षेत्रहरुमा गएको छ । अर्थमन्त्री डा. खतिवडाका अनुसार चालुु आर्थिक बर्षको माघ मसान्तसम्म बैंक तथा फाईनान्स कम्पनीहरुबा प्रवाह भएको कुुल २२ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी मध्ये पाँच दसमलव तीन प्रतिसत अर्थात एक खर्ब २० अर्ब रुपैयाँ मात्र कृषि क्षेत्रमा प्रवाह भएको छ ।

यसैगरी राज्यको उच्च प्राथमिकतामा परेको जलबिद्युुत क्षेत्रमा भने तनि प्रतिसत अर्था ६८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । उत्पादनमुुलक र निर्माण क्षेत्रमा भने कुुल कर्जाको १६ दसमलव तीन प्रतिसत  र १० दसमलव तीन प्रतिसत मात्र कर्जा प्रवाह भएको छ ।  

चालुु आर्थिक बर्षको माघ मसान्तसम्म बाँणिज्य बैकहरुको कर्जा र निक्षेप बिचको व्याजदर अन्तर पनि पाँच दसमलव दसमलव पाँच प्रतिसत रहेको छ भने बिकास बैंक, फाईनान्स र लघुबित्त संस्थाहरुमा यस्तो स्प्रेड दर निकै उच्च रहेको छ । पछिल्लो समय तरलताको चाप पनि बढ्दै गएको पत्रमा उल्लेख छ । चालुु आवको माघ मसान्तसम्म मात्र लघुबित्त संस्थाहरुले १७ लाख जनसंख्यालाई एक खर्ब २२ अर्ब रुपैयाँ बचत प्रवाह गरेकाछन र तर उक्त अवधिसम्ममा लघुबित्त संस्थाहरुको ४१ अर्ब रुपैयाँ मात्र बचत परिचालन भएको छ । 

पूँजी बजारमा हाल दुुई सय आठ वटा कम्पनीहरू सुचीकृत रहेको भएपनि ति मध्ये ७५ प्रतिसत कम्पनीहरु बैंक तथा बित्तीय संस्था रहेकाछन भने कुुल सेयर कारोवारमा पनि ८१ प्रतिसत कारोवार बैक तथा फाईनान्स कम्पनीहरुको नै हुुने गरेको छ । अर्थतन्त्रमा साधन परिचालन गर्ने माध्यम पुंजी बजार भएपनि यो बजार हाल धितोपत्रमा मात्र सिमित देखिएको छ । पुंजी बजारलाई ऋण बजारकोरुपमा बिकास गर्न सकिएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै