अन्तरिक्षमा अडिन नसकेको चिनियाँ सपना 

खरीबोट

पृथ्वीको सतहबाट २ सय ७० किमि माथि रहेको चिनियाँ स्पेस स्टेसन टिआंगोंग १ । तस्बिर : मिरर युके

ad

एक चिनियाँ स्पेस ल्याब (अन्तरिक्ष प्रयोगशाला) पुनः पृथ्वीमै १÷२ दिनमै खस्ने भएको छ । अधिकारीहरुले चीनको अहिलेसम्मकै महत्वाकांक्षी अन्तरिक्ष परियोजनाको डरलाग्दो अन्त्य हुनलागेको बताएका छन् । 

४० फुट लामो टिआंगोंग १ को नामको अर्थ स्वर्गीय स्थान भन्ने हन्छ । यो स्पेस स्टेसन आज शनिबार या भोलि आइतबार पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने युरोपेली अन्तरिक्ष संस्था (ईएसए)ले जनाएको छ ।

यद्यपि चीनको चाइना म्यान्ड स्पेस इन्जिनियरिंग अफिसले भने थोरै परको मितिमा खस्ने पुष्टि गरेको छ । उसका अनुसार अप्रिल १ देखि २ छिटोमा र ढिलोमा अप्रिल ४ सम्म स्टेसन खसिसक्नेछ । 

वैज्ञानिकहरुले स्टेसन दुर्घटनाबारे बताएका छन् । उनीहरुका अनुसार स्टेसन पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा जल्ने भएकाले यसका अवशेषहरु खस्दा चम्किलो वस्तु पृथ्वीमा खस्नेछ ।

यद्यपि मानिसहरुलाई यसले कुनै जोखिम नपार्ने चीनको स्पेस इन्जिनियरिंग अफिसले बताएको छ । उनीहरुका अनुसार यो पृथ्वीमा खस्दा खासै डर लाग्दो परिस्थिति सिर्जना हुनेछैन तर यसका थुप्रै अवशेषहरु भने खस्नेछन् ।

यो अन्तरिक्ष स्टेसन सन् २०११ को सेप्टेम्बरमा चीनको अन्तरिक्ष मिसनअन्तर्गत स्थायी अन्तरिक्ष स्टेसनको परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो । चीनले स्थायी अन्तरिक्ष स्टेसन भने सन् २०२२ तिर प्रक्षेपण गर्ने यसअघि नै उल्लेख गरिसकेको छ । 

तर चीन सरकारले भने सन् २०१७ को मेमा राष्ट्रसंघलाई २०१६ मार्चदेखि आफ्नो अन्तरिक्ष स्टेसनले काम गर्न छोडेको जनाएको थियो । यद्यपि उसले किन यस्तो भयो भनेर कुनै कारण खुलाएको थिएन । बिहीबारमात्रै उक्त स्टेसनले पृथ्वीलाई १९६.४ किमि अर्थात् १२२ माइल उचाइमा परिक्रमा गरेको थियो ।  

नासाको पहिलो स्पेस स्टेसन स्काईल्याब सन् १९७९ मा नियन्त्रण गुमाउँदै पृथ्वीमा जोखिमरहित रुपमा पृथ्वीमा खसेको थियो । त्यस्तै पछिल्लो पटक भने सन् २००१ मा रुसको १३५ टन क्षमतायुक्त मिर स्टेसनलाई नियन्त्रित रुपमा वायुमण्डलमै टुक्रा पारी खसाइएको थियो । 

स्टेसनको असफलताका बाबजुद चीनलाई अन्तरिक्ष मिसनमा अघि बढ्न भने रोकेको छैन । २०१६ कै सेप्टेम्बरमा चिनियाँ वैज्ञानिकहरुले टिआंगोंग २ स्पेस ल्याब सफलतापूर्वक पृथ्वीको कक्षमा पुर्याइसकेका छन् । 

प्रत्यक्षरुपमा आगाका ठूला ठूला झिल्का देख्न सकिने 
अस्ट्रेलियामा रहेको इन्टरनेशनल सेन्टर फर रेडियो एष्ट्रोनमी रिसर्चका प्राविधिक निर्देशक मार्कुस डोलेन्स्कीले उक्त स्टेसन खसेको दृश्य प्रत्यक्ष रुपमा देख्न सकिने बताएका छन् । सो क्रममा फायरबल (आगाका लप्का)हरु बाक्लो गरी खस्नेछ । पृथ्वीको माथिल्लो वायुमण्डलले उक्त स्टेसनको गति सीमित पार्ने उनको भनाइ छ । 

रकेट र स्याटेलाइटका टुक्राहरु खस्ने भए पनि मान्छे नै बस्न मिल्ने उक्त स्टेसन खस्न लागेको हुँदा यसलाई दुर्लभ समेत मानिएको छ । नासाको पहिलो स्पेस स्टेसन स्काईल्याब सन् १९७९ मा नियन्त्रण गुमाउँदै पृथ्वीमा जोखिमरहित रुपमा पृथ्वीमा खसेको थियो । त्यस्तै पछिल्लो पटक भने सन् २००१ मा रुसको १३५ टन क्षमतायुक्त मिर स्टेसनलाई नियन्त्रित रुपमा वायुमण्डलमै टुक्रा पारी खसाइएको थियो । 

खस्दै गरेको टिआंगोंग भूमध्यरेखाबाट ४३ डिग्री उत्तरी र ४३ डिग्री दक्षिणी अक्षांशमा रहेको मानिएको छ । त्यो भनेको उत्तर अमेरिकाको न्युयोर्कदेखि दक्षिण अफ्रिकाको केप टाउनसम्मको दूरी हो । यद्यपि वैज्ञानिकहरुले ठ्याक्कै यहाँ नै खस्नेछ भनेर निश्चित गर्न सम्भव नरहेको बताएका छन् ।

सम्बन्धित समाचार

नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ । आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ ।  गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो । सो वार्ताका क्रममा

नेकपाका वरिष्ठ नेता नेपाल चीन प्रस्थान

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ

प्रधानमन्त्रीको चीन भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी

काठमाडौँ / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराएका छन् ।  राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री ज्ञवालीले चीन भ्रमणले दुई

असार २८ गते एक जोडी गैँडा चीन पठाइने

चितवन / नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको