• २०८१ बैशाख १३ बिहीबार

इलामको गोदकमा एनआईसीको शाखारहित बैंकिङ सेवा सुरु

kharibot

 कठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शुक्रबारदेखि बैंकले चौैंथो शाखारहित बैंकिङ्ग सेवा घट्टाबजार, गोदक, इलामबाट संचालनमा ल्याएको छ । 

ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाको सुुरु गरेको बैंकले जनाएको छ । 

सोहि क्रममा सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन इलाम नगरपालिका, वडा नं. १० का मानव अधिकार निगरानी समितिका अध्यक्ष चन्द्रमणि गौतमले गरेका थिए । बैंकले शाखारहित बैंकिङ्ग सेवा सञ्चालनको लागि प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ ।

यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नै गाउँमा स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दा लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर गरी १ सय ८७ शाखासहित निजी क्षेत्रको सबैभन्दा वढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १ सय ९० एटिएमसहित मुलुककै सबैभन्दा बढी एटीएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ ।

समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५३ सय ८५ भन्दा बढि भौतिक सञ्जाल मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै