• २०८१ बैशाख १४ शुक्रबार

सामसङले गर्यो ग्यालेक्सी नोट ८ लन्च, यस्ता छन् विशेषता 

kharibot

काठमाडौँ । सामसङले  अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा ग्यालेक्सी नोट ८ लन्च गरेको छ ।  बुधबार लन्च गरेको ग्यालेक्सी नोट ८ डुअल रेयर क्यामरा सहित सार्वजनिक गरेको छ ।  

ग्यालेक्सी नोटको सिरिजमा डुअल क्यामेरा भएको पहिलो फोन हो । यस फोनमा मिडनाइट ब्ल्याक, गोल्ड, ग्रे, डिप सि ब्लु र ओरियन्ट कलरमा उपलब्ध हुने जानकारी गराइएको छ ।

यस फोनको ६.३ इन्चको क्वाडएचडी+ सुपर एमोलेड डिस्प्ले रहेको छ ।  फोनमा ६ जीबी र्याम र ६४, १२८ र २५६ जीबीको स्टोरेजमा उपलब्ध हुने बताएको छ ।  फोनमा ५.० ब्लुटुथ उपलब्ध रहेको छ । फोनको डुअल रियर क्यामरा १२ मेघा पिक्सेलको रहेको छ भने फ्रन्ट क्यामरा ८ मेघा पिक्सेलको रहेको छ ।

फोनमा ३३ सय एमएएच को ब्याट्री रहेको छ । यसको अलावा ग्यालेक्सी नोट ८ ७.१.१ नुगट रहेको छ, जसले वायरलेस ब्याट्री चार्जिंगलाई सपोर्ट गर्ने गर्दछ । 
अन्तर्राष्ट्रिय बजारमा ग्यालेक्सी नोट ८ को मुल्य ९३० डलर रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै