• २०८१ बैशाख १२ बुधबार

कालोबजारी ऐन संशोधनको लबिङमा गएका व्यवसायीलाई उद्योगमन्त्रीको जवाफ : बजार अनुगमन व्यवस्थित पार्छु

kharibot

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमनलाई व्यवस्थित पार्ने बताएका छन् ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा निजी क्षेत्रका समस्या अवगत गराउन शुक्रबार मन्त्रालय पुगेको टोलीसँंग मन्त्री यादवले त्यसका लागि व्यवसायीहरुसँंग सहयोगको आशा राखेका हुन् । 

व्यवस्थित बजार अनुगमनका लागि कार्यविधि बनाएर अगाडि वढ्ने उनले बताए । यसका लागि काम अगाडि बढिरहेको उनले जानकारी दिए । २०३२÷०३३ सालमै बनेको कालोबजारी ऐनलाई संशोधन गर्न सरोकारवाला सबै पक्षसँंग बसेर प्रक्रिया अगाडि वढाउने आश्वासन उनले दिएको चेम्बरले जनाएको छ ।

उनले नाफाभन्दा ठूलो कुरो सम्मान भएको चर्चा गर्दै सम्मानजनक व्यवसायका लागि सवैसँंग विशेष आग्रह गरेका थिए । 

भेटघाटको टोलीमा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठलगायतका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै