• २०८१ बैशाख १३ बिहीबार

भेरी नदी पुलबाट लडेर घाइते लामाको उपचारको क्रममा मृत्यु

kharibot

जाजरकोट । जाजरकोट—डोल्पा सडकखण्डअन्तर्गत वैरीताल, चिसापानीबीचमा रहेको भेरी नदीमा निर्माण भएको पुलबाट लडेर घाइते भएका मजदूरको उपचारका क्रममा मृत्यु भएको छ ।

पुलबाट खसेर गम्भीर घाइते भएका बारा गढीमाई नगरपालिका–१५ का २५ वर्षीय सूर्य लामाको उपचारको क्रममा जाजरकोट अस्पतालमा बिहीबार राति मृत्यु भएको हो । चैत ११ गते पुल निर्माणको काम गर्दैगर्दा लामा लडेर घाइते भएका थिए ।

मृतक लामाको शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै