• २०८१ बैशाख १३ बिहीबार

मुक्तिनाथ विकास बैंकले सल्यानमा एकै साथ ३ शाखा विस्तार 

kharibot

सल्यान । ग्रामीण क्षेत्रलाई महत्वपूर्ण कार्यक्षेत्रका रुपमा लिएको मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा एकै साथ आफ्ना ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा आफ्नो शाखा विस्तार गरेको हो । 

शाखाका विस्तारको क्रममा चैत्र १४ गते बुधवारका सल्यानको त्रिवेणी गाँउपालिका वडा नं. ६, लुहाम स्थित लुहाम शाखाको समुद्घाटन त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले गरेका छन् । समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले यस क्षेत्रका वासिन्दाको जीवनस्तर उकास्नको लागी वित्तीय संस्थाहरुको उपस्थिती बढ्नु खुशीको कुरा भएकोले लुहाम बासीको सदैब साथ र सहयोग रहने बताए ।

उक्त शाखा समुद्घाटन कार्यक्रममा लुहाम वजार व्यवस्थापन समितिका अध्यक्ष खिम वहादुर रावतले बैंकको सफलताको शुभकामना सँगसँगै आफ्नै आँगनमा आएको संस्थालाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उक्त शाखा समुद्घाटन कार्यक्रममा लुहाम बजार र सो आसपासका व्यापारी, समाजसेवी, कृषक र स्थानीय नागरिकहरु लगायत स्थानीय बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

त्यसै गरी बागचौर नगरपालिकामा २ मा रहेको थारमारे शाखा कार्यालयको समुद्घाटन बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीको प्रमुख आतिथ्यतामा चैत्र १५ गते सम्पन्न भएको छ । उक्त शाखाको उद्घाटनको क्रममा प्रमुख अतिथि बुढाथोकीले यस क्षेत्रमा कृषि पर्यटनको विकासका लागी वित्तीय संस्थाहरुको उपस्थिति बढ्नु खुशीको कुरा भएकोले सल्यानबासीको सदैब साथ र सहयोग रहने बताए ।

उक्त शाखा समुद्घाटन कार्यक्रममा बागचौर, थारमारे बजार र सो आसपासका व्यापारी, समाजसेवी, शिक्षक, एफ.एम., इलाका प्रहरी कार्यालय, इलाका प्रशासन, बन कार्यालय, ल्न्इ, क्ष्ल्न्इ का कार्यालय प्रमुख कृषक र स्थानीय नागरिकहरु लगायत स्थानीय बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

त्यस्तै बैंकले चैत्र १५ गते शारदा नगरपालिका वाड नं १ मा रहेको श्रीनगरमा पनि शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न भएको छ । समुद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा ३ वटा शाखा विस्तार गरी यहाँका जनतालाई स्तरीय सेवा प्रदान गरेकोमा खुसी व्यक्त गर्नु हुँदै बैंकको स्तरोन्नति भई आउँदो दिनमा “क” वर्गको बाणिज्य बैंकमा आफ्नो स्तरलाई उकास्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा सल्यान जिल्ला प्रशासन प्रमुख प्रमानन्द घिमिरे, उद्योग वाणिज्य संघ अध्यक्ष विर वहादुर चलाउने र छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष के.सी. लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उपरोक्त कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको अध्यक्षता सम्पन्न भएका थिए भने कार्यक्रमहरुमा स्वागत मन्तव्य बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले राखेका थिए।

यससँगै सल्यान जिल्लामा ३ वटा शाखा हुने बैंक मुक्तिनाथ विकास बैंक मात्र रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै