• २०८१ बैशाख ११ मंगलबार

शत्रु गतेले ६ दिनमा ५ करोड ६२ लाख कमायो, मल्टिप्लेक्समा अझै हाउसफुल 

kharibot

काठमाडौँ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ले ६ दिनको हिसाव सार्वजनिक गरेको छ । 

राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै राजधानीको लागि वितरक बिके फिल्म्सको तर्फबाट गोपालकाजी कायस्थ र मोफसलको लागि वितरक एफडी कम्पनिका बिक्रम पराजुली्ले संयुक्त रुपमा हिसाब सार्वजनिक गरेका हुन् । 

शुक्रबारदेखि बुधबारसम्मको कलेक्सन अनुसार राजधानीमा ३ करोड २५ लाख ग्रस र मोफसलमा २ करोड ३७ लाख ग्रस गरेको छ । फिल्मले प्रदर्शनको छैठौ दिनसम्म ५ करोड ६२ लाखको कारोबार गरेको वितरकले जानकारी दिएका छन् । 

कलेक्सन सार्वजनिक गरिने क्रममा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य , किरण केसी , आँचल शर्मा र निर्देशक प्रदीप भट्टराई उपस्थित थिए । फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीपको यो दोस्रो फिल्म हो । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । 

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

निर्माता समेत रहेका अभिनेता हरिवंश आचार्यले फिल्मलाई पहिलो सातामा दर्शकले दिएको मायाप्रति निकै आभार व्यक्त गर्दै फिल्म प्रदर्शन भइरहेको हलमा गएर आफुहरुले प्रतिक्रिया लिएको र  अधिकांस दर्शकले फिल्मलाई रुचाएको बताए 

उपत्यकाका वितर्क गोपाल काजी कायस्थले फिल्मले राजधानीका हलमा निकै राम्रो ब्यापार गरेको बताए  । फिल्मले सुरुवाती व्यापार केहि सुस्त गरेता पनि त्यसपछिका दिनमा माउथ पब्लिसिटीको कारण दर्शक  बढ्दो छ । बिदा बाहेकका दिनमा पनि दर्शकको चाप राम्रै भएको बताउदै उनले मल्टिप्लेक्समा दिवा सो पछिका सम्पूर्ण शो लगभग हाउसफुल रहेको बताए । 

फिल्मले बुधबार सम्म ३ करोड २५ लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ । दर्शकले दोस्रो सातामा पनि उत्तिकै माया पाउनेमा आफुहरु विस्वस्त रहेको बताउदै उनले राजधानीमा फिल्मको हल घटेको छैन , शो मात्र कम भएको बताए । 

फिल्मले क्युएफएक्स अन्तर्गत सिभिल मलमा ६ शो , कुमारीमा ४ शो , छाँया सेन्टरमा ४ शो , लबीम मलमा ४ शो र जय नेपालमा १ शो सहित कुल १९ शो पाएको छ । यसैगरि सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो , राइजिङ मलमा रहेको क्युज सिनेमामा ३ शो , केएल टावरमा रहेको एफक्युबमा ५ शो , बिजीमलमा रहेको बिएसआर मुभिजमा ४ शो र सुन्धारा स्थित सिने डी सेफमा २ शो पाएको छ ।

उपत्यका बाहिरका वितरक बिक्रम पराजुलीले फिल्मले मोफसलमा राम्रो कलेक्सन गरेको बताए । फिल्मको कलेक्सन र अडियन्स प्रतिक्रया बुझ्दा यसले आउदा दिनमा अझै राम्रो व्यापार गर्ने संकेत देखाएको उनले बताए । गत शुक्रबारदेखि बुधबारसम्ममा यसको कलेक्सन २ करोड ३७ लाख पुगेको र फिल्म दोस्रो सातामा पनि ५० बढी हलमा प्रदर्शन हुदै गरेको उनले जानकारी दिए । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै