• २०८१ बैशाख ६ बिहीबार

१५ बर्षपछि ‘ओ खड्याउनी’ लिएर आए बासुदेव जोशी

kharibot

काठमाडौं । ‘ओ खड्याउनी’ बोलको गिती एल्बम बजारमा आएको छ । बासुदेव जोशीको लय तथा शब्द संकलनमा रहेको ओ खड्याउनी बोलको गित युट्व मार्फत् बुधबार सार्वजनिक गरीएको हो ।

लामो समय एक आपसमा टाढीएका जोडिहरुको भेटपछिको वार्तालापलाई गित समेटेको छ । सुदुरपश्चिमका विभिन्न जिल्लाका पर्यटकिय क्षेत्रको बर्णन समेत गरएिको छ ।

गितमा बासुदेव जोशी र शोभा थापाको स्वर रहेको छ । गितलाई विषेश डिजीटल प्रालीले बजारमा ल्याएको हो । गायक जोशीको यो १५ बर्षपछि सांगितिक क्षेत्रमा पुनरागमन भएको हो । उनले यसअघि ५ वटा गिती एल्बम सार्वजनिक भइसकेका छन् ।

यसअघि सेतिको सम्झना ,ऐल देबिथान ,साडुभाइ , आइगयो लोकतन्त्र र ऐल देबि थान भाग—२ लगायतका गिती एल्बम निकालि सकेका छन् । आर्थीक अभावले गायन क्षेत्रबाट टाढीएका जोशी लामो समयदेखि भारतमा बस्दै आएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै