• २०८१ बैशाख ७ शुक्रबार

संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन (लाइभ)

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पहिलोपटक आज सम्बोधन गरिरहेकी छन् ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक २१ फागुनमा बसेको थियो । २९ फागुनमा भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सम्बोधन गरेकी हुन् ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बिहीबार प्रतिनिधिसभा हलमा बसेको छ  । प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ सांसद प्रतिनिधिसभाको हलमा अट्ने भएकाले सो हलमा संयुक्त बैठक बस्ने संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताएका छन् ।

संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरेका छन् ।

सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिव, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

नेपालको संविधानको धारा ९५ को दफा (२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै