काठमाडौँ । सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ ।
यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ ।
राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ । यस वर्ष कटौती भएका बिदा १२ दिन छन् । विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन् ।
यस अघि दिदै आएका गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, पृथिवी जयन्ती, घटस्थापना, फूलपाती, कोजाग्रत पुर्णिमा, द्वादशी, रामनवमी, जनैपुर्णिमा, कृष्ण जन्माष्टमी, लोकतन्त्र दिवस र शहिद दिवसमा दिईने बिदा कटौती गरिएको छ ।
अब नेपालभर वर्षभरी ५२ वटा शनिबार र अन्य १६ दिन सार्वजनिक विदासहित राष्ट्रव्यापी रुपमा ६७ दिनमात्र विदा हुनेछ । अन्य पर्वहरुमा आंशिक विदा हुनेछ ।
बैशाख :
१. नयाँ बर्ष : बैशाख १ गते
२. बुद्ध जयन्ती : बैसाख १७ गते
३. श्रमिक दिवस : बैसाख १८ गते
भदौ :
१. तीज (महिलालाई मात्र) : भदौ २७ गते
असोज
१. सविधान दिवस : असोज ३ गते
२. इन्द्रजात्रा(उपत्यका मात्र) : असोज ८ गते
कार्तिक :
१. महानवमी : कार्तिक १ गते
२. विजय दशमी : कार्तिक २ गते
३. एकादशी : कार्तिक ३ गते
४. लक्ष्मी पूजा : कार्तिक २१ गते
५. गोबर्धन पुजा : कार्तिक २२ गते
६. भाई टिका : कार्तिक २३ गते
७. छठ (छठ मनाउनेलाई बिदा) : कार्तिक २७ गते
पुस :
१ किसमस (क्रिसमस मनाउनेलाई बिदा) : पुस १० गते
२ ल्होसार (ल्होसार मनाउनेलाई बिदा) : पुस १५ गते
माघ :
१. माघी (माघी मनाउनेलाई बिदा) : माघ १ गते
२. तमु ल्होसार (तमु लोह्सार मनाउनेलाई बिदा) : माघ २२ गते
फागुन
१. शिवरात्रि : फागुन २० गते
२. ग्याल्पो लोह्सर (ग्याल्पो लोह्सार मनाउनेलाई बिदा) : फागुन २३ गते
३. नारी दिवस : फागुन २४ गते
चैत्र :
१. होलि (पहाडमा बिदा) चैत्र ६ गते
२. होलि (तराइमा बिदा ) चैत्र ७ गते
३. घोडे जात्रा (उपत्यका बिदा) : चैत्र २२ गते