• २०८१ बैशाख ८ शनिबार

२०७५ सालमा कुन कुन दिन सार्वजनिक बिदा हुने भयो, कुन बिदा काटियो (सुची सहित) 

kharibot

काठमाडौँ  । सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । 

मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । 

यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ । 

राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ । यस वर्ष कटौती भएका बिदा १२ दिन छन् । विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन् ।

यस अघि दिदै आएका गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, पृथिवी जयन्ती, घटस्थापना, फूलपाती, कोजाग्रत पुर्णिमा, द्वादशी, रामनवमी, जनैपुर्णिमा, कृष्ण जन्माष्टमी, लोकतन्त्र दिवस र शहिद दिवसमा दिईने बिदा कटौती गरिएको छ ।  

अब नेपालभर वर्षभरी ५२ वटा शनिबार र अन्य १६ दिन सार्वजनिक विदासहित राष्ट्रव्यापी रुपमा ६७ दिनमात्र विदा हुनेछ । अन्य पर्वहरुमा आंशिक विदा हुनेछ ।

बैशाख :

१.    नयाँ बर्ष : बैशाख १ गते 
२.    बुद्ध जयन्ती : बैसाख १७ गते 
३.    श्रमिक दिवस : बैसाख १८ गते 

भदौ :

१.    तीज (महिलालाई मात्र) : भदौ २७ गते 

असोज 

१.    सविधान दिवस : असोज ३ गते
२.    इन्द्रजात्रा(उपत्यका मात्र) : असोज ८ गते 

कार्तिक :

१.    महानवमी : कार्तिक १ गते 
२.    विजय दशमी : कार्तिक २ गते 
३.    एकादशी : कार्तिक ३ गते
४.    लक्ष्मी पूजा : कार्तिक २१ गते 
५.    गोबर्धन पुजा : कार्तिक २२ गते 
६.    भाई टिका : कार्तिक २३ गते
७.    छठ (छठ मनाउनेलाई बिदा) : कार्तिक २७ गते

पुस : 

१ किसमस (क्रिसमस मनाउनेलाई बिदा) : पुस १० गते
२ ल्होसार (ल्होसार मनाउनेलाई बिदा) : पुस १५ गते 

माघ :

१.    माघी (माघी मनाउनेलाई बिदा) : माघ १ गते 
२.    तमु ल्होसार (तमु लोह्सार मनाउनेलाई बिदा) : माघ २२ गते  

फागुन 

१.    शिवरात्रि : फागुन २० गते  
२.    ग्याल्पो लोह्सर (ग्याल्पो लोह्सार मनाउनेलाई बिदा) : फागुन २३ गते 
३.    नारी दिवस : फागुन २४ गते

चैत्र :

१.    होलि (पहाडमा बिदा) चैत्र ६ गते 
२.    होलि (तराइमा बिदा ) चैत्र ७ गते   
३.    घोडे जात्रा (उपत्यका बिदा) : चैत्र २२ गते 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै