• २०८१ बैशाख १३ बिहीबार

एनसेलको टावरमा आगलागी गराएको आरोपमा दुईजना पक्राउ

kharibot

मंगलबारे, इलाम । एनसेललको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल राईलाई प्रहरीले पक्राउ गरेको हो । 

बिहान करिब ३ बजे आगलागी भएको थियो । आगलागीपछि खोजतलास गर्ने क्रममा सोही ठाउँ निवासी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख विपीन कर्माचार्यले जानकारी दिए । पक्राउ परेकामध्ये विशाल किराँत मुक्तिमोर्चाका जिल्ला अध्यक्ष समेत भएको र उनी गएको चुवानमा पनि पक्राउ परेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

आगलागीबाट जेनेरेटर, टावर, उपकरण र तारमा क्षति पुगेको र क्षतिको यकिन तथ्यांक आउन बाँकी रहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै