• २०८१ बैशाख ७ शुक्रबार

लिभरपुल च्याम्पियन्स लिगमा छनौट, ईङलिश क्लब को को खेल्दै छन् ? 

kharibot

काठमाडौँ । ईङलिश क्लब लिभरपुलले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ ।

गएराती भएको खेलमा होफेनहेइमलाई ६-३ को समग्र नतिजा निकाल्दै लिभरपूल यस सिजनको च्याम्पियन्स लिगका लागि छनौट भएको हो ।  पहिलो लिगमा २-१ ले अगाडी रहेको लिभरपुलले गएराती भएको दोस्रो लिगमा होफेनहेइमलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

लिभरपुलका लागि जर्मनी खेलाडी इमरे क्यानले दुई गोल गरेका थिए भने मोहमद सलाह र रोबोर्टो फिरमिनोले एक एक गोल गरेका थिए ।  होफेनहेइमका लागि उथाह र वांगनरले एक एक गोल गरेका थिए ।

यो जितसँगै ईङलिश क्लबहरु चेल्सी, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र टोटनह्यामसँगै लिभरपुलपनि च्याम्पियन्स लिगमा खेल्ने भएको छ ।  च्याम्पियन्स लिगको लिग चरणको ड्र आज हुदै छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै